सपनाहरु सिसा सरि टुट्यो जिन्दगीको
छाती भित्र घाउ बनी दुख्यो जिन्दगीको ।
झरी संगै पलाएका मनका केहि खुशीहरु
खडेरीले सबै मुहान सुक्यो जिन्दगीको ।
सम्बन्ध त चल्दै थियो हामीले सोचे जस्तै
लगन गाठो कस्न नपाई फुक्यो जिन्दगीको ।
झुल्किएको किरण संग रम्न खोज्दा खोज्दै
घाम पनि बादल भित्र लुक्यो जिन्दगीको ।
जिन्दगी भर संगै हिड्ने बाचा कसम हुदाहुदै
हिड्दा हिड्दै दोबाटोमा छुट्यो जिन्दगीको ।
डिबी बल तामङ