तरहरा । तरहरा जेसिजका अध्यक्ष सन्तोष रेग्मीले आफ्नो फेशबुक स्टाटस्मा जनजाति महिलामाथि आपत्तिजनक मानमर्दन गरेपछि सामाजिक अभियन्ता एवम् पत्रकार नवीन गुरूङले आपत्ती प्रकट गर्दै क्षोभ प्रकट गरेका छन् । उनले सन्तोषलाई उनको कुकृत्यका लागि कानुन र सम्बन्धित निकायले सख्त कारवाही गरेर महिला दिदीबहिनीहरुलाई न्यायोचित न्याय दिनुपर्ने बताएका छन् ।
तरहरा जेसिजका अध्यक्ष सन्तोषले कोभिड १९ का कारण सुनसरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दा त्यसका कारण खाद्यन्य अभावका कारण भोकै रहेका आर्थिक रुपले कमजोर तरहराका स्थानीयलाई सामाजिक रुपमा सहयोग गर्न नसकेको चर्को आलोचन खेपिरहेको बेला यो विवाद देखा परेको हो । गुरूङले आपत्ती प्रकट गर्दै सन्तोषलाई लेखेको खुल्ला पत्र ।

(खुल्ला पत्र)
प्रिय सन्तोष रेग्मी,
(अध्यक्ष), तरहरा जेसिज ।
नेपाल जेसीज जस्तो एक प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाको तरहरा शाखाको गरिमामय अध्यक्ष पदमा आसिन एक अत्यन्तै जिम्मेवार व्यक्ति, व्यवसायीक हिसाबले पनि एक सफल व्यवसायी र बौद्धिक रुपमा विवेकी व्यक्तित्व भनि चिरपरिचित तपाई जस्तो विद्धवान एवम् सामाजिक व्यक्तित्वले सामाजिक संजालमा सार्वजनीक रुपले प्रयोग गर्नुभएको भाषाले (तस्वीरमा हेर्नुहोस् स्क्रीनसट) जनजाति महिला दिदीबहिनीहरुको गम्भीर रुपमा मानमर्दन हुन पुगेको छ । यसप्रति कडा आपत्तीसहित क्षोभ प्रकट गर्दछु ।
“तपाईं जनजातिको महिला तपाईंलाई उप–मेयर बनाउछु भन्दै बिन्दाबनमा कृष्णलिला ।”, तपाईले उल्लेख गर्नुभएको यो भाषाको अर्थ के हो ? सामान्य शाब्दिक बुझाईमा, कुनै अमुक व्यक्ति जनजाति महिलालाई उपमेयर बनाउछु भन्दै लोभ्याउछ, सेक्स गर्छ ? वा, तपाईको निच पूर्वाग्रही सोचमा, कुनै व्यक्तिले उपमेयर बनाईदिन्छु भन्दा “जनजाति” महिलाहरुले आफ्नो चरित्र र नैतिकता भूलेर सजिलै सेक्सका लागि तयार हुन्छन र गर्छन भन्न खोज्नुभएको हो ? तरहरा जेसिज जस्तो प्रतिष्ठित सामाजिक संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा आसिन सन्तोष सामाजिक मूल्य मान्यता समेतको ख्याल नगरि पूर्वाग्रही ढंगले “जनजाति” महिलाहरुको चरित्र हत्या र मानमर्दन गर्न यति तल्लोस्तरसम्म उद्धत हुनु दुखद् र लाजमर्दो विषय हो । यसले “जनजाति” महिलाको मात्र होईन, समग्र महिला दिदीबहिनीहरुको नै मानमर्दन गरेको छ । र, यो द्धेष, घृणा र अपहेलना फैलाउने किसिमको देखिन्छ ।
यसकारण, यो फौजदारी कानूनको दृष्टिले समेत गम्भीर विषय देखिएकोले यस विषयमा कानुन र सम्बन्धित निकायले तपाईमाथि सख्त कारवाही गरेर महिला दिदीबहिनीहरुलाई न्यायोचित न्याय दिनुपर्छ । त्योसँगै लाजशरम लाग्छ भने तपाईले “जनजाति” महिलासँग मात्र होईन, समग्र महिला दिदीबहिनीहरुसँग दुई हात जोडेर सावर्जनिक रुपमा मैले गल्ती गरे भनेर माफि माग्नुपर्छ र भूलेर पनि भविष्यमा यस्ता हर्कत दोहोराउनु हुदैन ।
नवीन गुरूङ (सामाजिक अभियन्ता)
शुभेच्छुक आलोचक
===
(सन्तोष रेग्मीले लेखेको स्टाटस्, उनकै फेशबुक वालबाट ।)
मैले मेयर को टिकत पाये भने तपाईं जनजाति को महिला तपाईंलाई उप मेयर बनाउछु भन्दै बिन्दाबन मा कृष्ण लिला ।कुन गोपिनी पर्ने हुन म ख पर्ने धेरै छ्न्

–गोर्खा खबर डट कमबाट