शुक्रबार अस्मिता चौंधरी संयोजक रहेको स्वास्थ्य शिविर तरहरा बजारको सगरमाथा खेल मैदानमा हुने, मूल संयोजक बस्नेतले बताए
उत्तम गिरीको सहयोगमा । तरहरा
हिजोबाट शुरु तरहरा जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रमको आजको वक्तृत्व कला प्रतियोगितामा तरहरा मोडल स्कूलका *आस्ना कार्की ७९ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरि ट्रर्फी उचालेकी छिन् । दश निजी एवम् सरकारी सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सबैलाई उछिन्दै तरहरा मोडलकी आश्मा प्रथम भएकी हुन् ।
तरहरा जेसीजका महासचिव एवम् कार्यक्रम संचालक उत्तम गिरीका अनुसार, TEAM (टिम): Transformation (रूपान्तरण), Empower (सशक्तिकरण), Aspiration (आकांक्षा) र Motivation (प्रेरणा) विषयमाथि प्रतियोगिता भएको थियो ।
तरहरा मोडललाई पछाउदै नमूना एकेडेमीकी रुत तामाङ ७५ अंकसहित दोस्रो, पूर्वाञ्चल विद्यालयकी युना घिमिरे ७४ अंकसहित तेस्रो र ७१ अंकसहित जनसहयोग विद्यालयलका जेसन राई चौंथो भएका थिए । उनीहरु सबैलाई जेसीज सप्ताहको समापन लोक नृत्य प्रतियोगिताको दिन उपहार प्रदान गरिने, कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह कार्यक्रमका मूल संयोजक मदन बस्नेतले बताए ।
पूर्व तरहरा जेसीज अध्यक्षद्धया दोर्ण न्यौंपाने (प्रमुख) र मोहन कुमार दाहाल निर्णायक थिए ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सांसद तथा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जेसीजको प्रशंसा गर्दै वक्तृत्वकलाले विद्यार्थीहरुलाई व्यक्तित्व विकासमा सहयोग पुग्ने विचार प्रकट गरे । कार्यक्रमका संयोजक सुरज क्षेत्रीले सोल्टी टिभीसँग कार्यक्रम शुरु हुनुअघि बोल्दै प्रतियोगिताले समाज सकारात्मक प्रभाव पार्ने र परिवर्तन बारे राम्रौ सन्देश जाने दाबी गरे । उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । (हेर्नुहोस् भिडियो, सोल्टी टिभी, युट्यूब च्यानलमा)
इतिहासकै पहिलो महिला अध्यक्ष बनिन सफल तरहरा जेसीज २०२४ का रिता भूसालले पनि सोल्टी टिभीसँग कुराकानी गर्दै कार्यक्रमका लागि सबैबाट सहयोग भएको बताईन् । (हेर्नुहोस् भिडियो, सोल्टी टिभी, युट्यूब च्यानलमा)
हिजो मंगलबार उद्घाटनको दिन भएको स्लो बाइक रेस (ढिलो बाइक दौड) मा बाइक तर्फ निर्मल श्रेष्ठ र स्कुटी तर्फ संकल्प घिमिरले प्रथम भई हेल्मेल पुरस्कार प्राप्त गरेका थिए । बिहिबारको ब्रेकपछि शुक्रबार अस्मिता चौंधरी संयोजक रहेको स्वास्थ्य शिविर तरहरा बजारको सगरमाथा खेल मैदानमा हुने, मूल संयोजक बस्नेतले बताए ।
*आस्ना हुनुपर्नेमा आश्मा भएकोमा क्षमाप्रार्थीसहित सच्याईएको छ । का.सम्पादक