संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न
तरहरा सोल्टी । थारु चलचित्र तथा सास्कृतिक संघ सुनसरी जिल्ला कार्यसमितिले कार्यवहाक अध्यक्ष प्रदिप बास्मैतको नेतृत्वमा प्रथम ऐतिहासिक अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै प्रथम अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
कार्यवहाक अध्यक्ष बासमैत वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुदाँ उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्षमा वन्दना चौधरी र महासचिवमा गायक, संगीतकार एवम् मोडल सुनिल चौधरी निर्वाचित भएका छन् ।
कार्यसमितिको सचिव अभिराम चौधरी, सह( सचिव सरोज चौधरी, कोषाध्यक्ष सीतवसन्त चौधरी र सहकोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी, र पूष्पलाल चौधरी चयन भएका छन् ।
कार्यसमितिका सल्लाहकारहरुमा लालबहादुर चौधरी, रमानन्द चौधरी, पाण्डव चौधरी, सरस्वती चौधरी, विवेक चौधरी, जयप्रकाश चौधरी र राजाराम चौधरीलाई चयन गरिएको छ ।
रामधुनी(५ स्थित एक समारोहमा थारू चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
त्यस्तै थारू कल्याणकारी सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रनारायण चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो ।
निर्वाचन मण्डलमा संयोजक अधिकृत अधिवक्ता सुकदेव चौधरी र निर्वाचन सदस्य रेणु चौधरी र मनोज चौधरी रहेका थिए ।
मतभेद् नराखी, एकताका लागि पहल गर्ने ः वरिष्ठ उपाध्यक्ष प्रदिप बास्मैत
थारू चलचित्र तथा सांस्कृतिक संघ (टीएफसीए) सुनसरीका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष प्रदिप बास्मैत चौधरीले असन्तुष्ट पक्षसँग पनि सहमति, सहकार्य र यथोचित छलफल गरि संघलाई अझ मजबुत बनाएर लग्ने, बताएका छन् । यसअघि कार्यवहाक अध्यक्ष भई प्रथम ऐतिहासिक अधिवेशन गरेका बास्मैतले फरक विचार, फरक मतको पनि उचित सम्मान गरिने बताए ।