काठमाडौँ । पत्रकार मिलन लिम्बुले आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिका महासचिव तथा दृष्टि न्यूज अनलाईनका सम्पादक लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै काठमाडौँमा आइतबार पत्रकार सम्मेलन मार्फत आफ्ना योजनाहरु समेत सुनाए ।
‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम २ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु ।, लिम्बुले पत्रकार सम्मेलनमा भने, राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख(दुःखमा सँगै उभिने वाचा गर्दछु ।’