तरहरा । साँगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन लागि परेका ब्ल्याक डाइमण्डको पहिचानले चिनिन चाहाने गायक तथा मोडल ओम प्रकाश उर्फ प्रकाश गुरुङको नयाँ गीत माया धराने धरानमा सुटिङं सम्पन्न भएको छ । मेयर हर्क साम्पाङं राईले पनि यो गीतमा अतिथिको रुपमा अभिनय गरेका छन् ।
गीतमा श्रमको सम्मान गर्दै प्रस्तुत गरिएको छ ।, निमार्ता समेत रहेका ब्ल्याक डाइमण्ड ओमले भने, मैले भगवान नै मानेको श्रद्धय धरान नगर प्रमुख हर्क साम्पाङं राईलाई मेरो गीतमा अभिनय गराउन पाउनु नै सौभाग्य भएको छ ।
गायक, मोडलसँगै संगीतकार समेत रहेका ब्ल्याक डाइमण्ड ओमले यो भिडियो आफ्नै युट्यूब मार्फत विमोचन गर्ने जानकारी गराए । वहुप्रतिभाका धनी ब्ल्याक डाइमण्ड ओमले अब निरन्तर रुपमा म्युजिक भिडियोहरु निमार्ण गर्ने र कला र संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन लागि पर्ने बताए ।
उनीसँगै मेलिना मैनालीको स्वर रहेको गीतलाई फिल्मी दुनियाँमा निरन्तर लागि परेका पूर्वेली निर्देशक भिम लामाको निर्देशन गरेका हुन् भने नृत्य निर्देशनमा नगेन्द्र लोहरुङले साथ दिएका छन् । कोशी भिजनका सुमन योन्जनको छायांकनमा भिभिडयोमा चर्चित मेयर हर्क साम्पाङं राई, प्रकाश गुरुङसँगै नायिका तथा मोडल बिमला खजुमको मुख्य अभिनय रहेको, बताईएको छ ।
साजन पयाङ्गो र गरिमा डान्स सेन्टरका कलाकारहरुको समेतको अभिनय हेर्न सकिने भिडियो चैत्र ९ गते शुक्रबार रिलिज गरिने, गायक, मोडल तथा निमार्ता ब्ल्याक डाइमण्ड ओमले सोल्टी टिभीलाई जानकारी दिएका छन् । भिडियोमा धरानका रमणीय र सुन्दर स्थलहरु देख्न सकिने, उनले बताए ।