“तरहरा जेसीसमा महिला पहिलोपटक नेतृत्वमा” समाचार शिर्षक समाचारका लागि गोर्खा खबरको सह प्रकाशन सोल्टी टिभी डट कमका प्रकाशक आमा डिजिटल म्यानेजमेन्ट एण्ड मार्केटिङ प्रा.लि., तरहरा आम पाठक एवम् दर्शक, तरहरा जेसीज र सरोकारवलासँग क्षमायाचना गर्न चाहान्छ ।
संचालक एवम् प्रवन्ध सम्पादक
समाचार स्रोतलाई उद्धत गर्दै यसअघि “तरहरा जेसीसमा महिला पहिलोपटक नेतृत्वमा” शिर्षकमा समाचार प्रकाशन गरिएको भए पनि, तरहरा जेसीज उच्च स्रोतले पछिल्लो पटक जानकारी गराए अनुसार, निर्णय माइन्युट भईनसकेकोले यस्तो अवस्थामा समाचारलाई विधानतः पुष्टि गर्न आधार नभेट्निे देखिएकोले आधिकारीक प्रष्ट्रता नभएसम्मका लागि अघिल्लो समाचार (“तरहरा जेसीसमा महिला पहिलोपटक नेतृत्वमा“) का लागि सोल्टी टिभीले क्षमायाचना गर्न चाहेको हो ।
यसबाट पर्न गएको असुविधा र संस्थागत एवम् व्यक्तिगत क्षतिका लागि समेत हामी सम्बन्धितसँग माफी माग्न चाहान्छौं । तरहरा जेसीज २०२४ को नेतृत्व र टिम बारे पुष्टि हुने आधिकारीक जानकारीपछि मात्र अब पूर्ण सचेत भई समाचार प्रकाशन गर्ने विश्वास दिलाउन चाहान्छौं ।
सोल्टी टिभी
जेसीजको निर्णय माइन्युटिङ गर्न बाँकी, सहमती प्रयास जारी
तरहरा । तरहरा जेसीजले २०२४ को लागि रिता आचार्य भुषालको नेतृत्वका टिम चयन गरेको समाचार ब्यापक भई सामाजिक संजालमा शुभकामना दिने लर्को लागे पनि विधानतः जेसीजको निर्णय माइन्युटिङ गर्न बाँकी नै रहेको तरहरा जेसीज उच्च स्रोतले पछिल्लो पटक जानकारी गराएको छ । यसका लागि सहमतीका प्रयास भईरहेको समेत सो उच्च स्रोतले जानकारी गराएको छ ।
“हल्ला चै ब्यापक नै भईगयो तर, विधानतः जेसीजको निर्णय माइन्युटिङ गर्न भने बाँकी नै रहेको छ ।”, उच्च स्रोतले भन्यो, “आन्तरिक सहमती गर्ने प्रयास भईरहेको छ ।”
यससम्बन्धी थप विवरण प्राप्त भएपछि विस्तृत समाचार प्रकाशन गर्नेछौं ।