तरहरा । वडा नं. १, हाँसपोसाका वडा अध्यक्ष रतन कार्की (कैलाश) ले वडाका जनतामाथि ढाटछल गरेर जग्गा बिक्री गरि समस्या पारेको प्रमाणित भए त्यस्ता व्यवहार गर्ने गराउने जोकोही जग्गा व्यवसायी (दले समेत भन्छन्) लाई आफ्नो कार्यकाल अवधिभर सेवा र वडाबाट प्राप्त हुने सुविधा नै रोकिदिने चेतावनी दिएका छन् । नवीन भिलेजको सडकको साइड ड्रेन निमार्ण गर्ने क्रममा लफडा भएपछि फिल्डमा नै आएका वडा अध्यक्ष कार्कीले आफु सधैं जनता र न्यायको पक्षमा रहेको बताउदै आज दिउँसो भएको अनौंपचारिक छलफलमा यस्तो चेतावनी दिएका हुन् ।
“बाटो सबैका लागि आवश्यक्ता हो, यो बनाउने काममा रोक्नु हुन्न ।”, वडा अध्यक्ष कार्कीले भने, “तर, यो (सडक) बनाउने क्रममा कोही (जनता) पनि पीडित पनि हुनुहुन्न ।”
उनले अगाडि थपे, वडाका जनतामाथि ढाटछल गरेर जग्गा बिक्री गरि समस्या पारेको प्रमाणित भए त्यस्ता व्यवहार गर्ने गराउने जोकोहीलाई म आफ्नो कार्यकाल अवधिभर सेवा र वडाबाट प्राप्त हुने सुविधा रोकिदिने विश्वास यहाँहरुमा दिलाउन चाहान्छु ।
स्थानीय केही जग्गा व्यवसायीहरुले फिल्डमा सडक देखाएर नक्शामा दुई फुट मात्र भएको पैंनी बाटाका आसपासका जग्गा ढाटछल गरेर बेचेका, स्थानीहरुले वडा अध्यक्षसँग गुनासो गरेका थिए ।