तरहरा । अघिल्ला वर्षहरु जस्तै किचलो भएन् यसबेलाको तरहरा जेसीसमा नयाँ नेतृत्व चयनको क्रममा । यसअघि, नेतृत्वमा पहिलो महिला हुनुबाट चुकेकी रिता आचार्य भुसाल यसपटक भने सर्वसम्मत निर्वाचित बनिन् सफल भएकी छिन् । तथापि, अध्यक्षका लागि अरु पनि आकांक्षी भएको, जानकारी प्राप्त छ ।
किड्स हेप्पी होमकी संचालिका समेत रहेकी शिक्षासेवी तथा प्रगत्तिशील सोचकी रिताले तरहरा जेसीजलाई नयाँ युगमा लग्ने, स्थानीय विश्वास छ ।
“स्नातकोत्तर गरेकी एउटी शिक्षित महिला जो आफैंमा शैक्षिकदेखि सामाजिक काममा जुजारु छिन् उनीबाट स्वभाविक रुपमा बढी र फरक आशा र अपेक्षा छ ।”, स्थानीय संस्थाका नेतृत्व गरेका एक सामाजिक युवा भन्छन्, “लिट्रल्ली (शाब्दिक रुपमा) रिताले तरहरा जेसीजलाई नयाँ युगमा लग्ने छिन् ।”
उनले अध्यक्ष रिता र टिमलाई शुभकामना समेत दिएका छन् ।
तरहरा जेसीस वर्ष २०२३को चौथो साधारणसभा तथा २६औँ शाखा अधिवेशनबाट तरहरा जेसीस वर्ष २०२४ का लागि रितालाई चयन गरेको हो । तरहरा जेसीसको नेतृत्व गर्ने उनी पहिलो महिला बनेकी छिन् । इतिहासमा उनको नाम दर्ज मात्र भएको छैन्, उनले अब्बल रुपमा नेतृत्व र व्यक्तित्व विकासमा आफुलाई साबित गर्ने भविष्यवाणी छ ।
अब्बल नेतृत्व, उस्तै टिम :
उपाध्यक्षमा निवाचित मदन बस्नेत र सुरज तामाङ पनि युवाहरु माझ प्रतिष्ठित नाम हो ।
त्यस्तै, उपाध्यक्षमा निर्वाचित अन्य चार क्रमशः गोबिन्द घिमिरे, सुमन रेग्मी, किरन शाह र, सोनीया बस्नेत पनि युवा माझ राम्रौ छाप बनाएका आशा लाग्दा भविष्य हुन् । गोबिन्द एनएमबी धरान शाखा प्रमुख हुन् ।
त्यस्तै सचिवमा सन्जना पन्डित र जन सम्पर्क अधिकारीमा सुजित कर्ण चयन भएका छन् ।
बुधबार निर्वाचित यो टिमको औंपचारिक कार्यक्रम भने हुन् बाँकी छ ।