तरहरा । नगद दुई लाख रुपैयाँ बढी रकमको धनराशी पुरस्कार भएको शान्दार फुटबल प्रतियोगिताका लागि भोलि आयोजकसँग आज, शुक्रबार, आरआईएफसी काठमाण्डौलाई २–१ले जितेका एपिएफ भिड्दै छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. १९ को ब्रहमपुर सामुदायिक वन उपभोक्ता समूहको खेल मैदान ब्रहमपुरमा गत शुक्रकारदेखि शुरु अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको भोलि शनिबारको फाईनल खेलमा आयोजक अल्टिट्युड र आज, दोस्रो सेमिफाइनलका विजेता एपिएफ कोसी प्रदेश, केवल पुरस्कारको लागि मात्र नभई प्रतिष्ठाका लागि भोलि लड्ने छन् ।
फाईनल खेलमा विजेताले नगद दुई लाख २२ हजार २ सय २२ रुपैँया (झण्डै अढाई लाख)), ट्रफि र प्रमाण पत्र तथा उपविजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैँया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
पुर्वी खबरका सम्पादक त्रिलोचन पौड्यालका अनुसार, आजको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा एपिएफले करिव आधादर्जन अवसर पाएपनि सो अवसर चुकाएको थियो। यस्तै पहिलो हाफमा आरआइएफसीले पनि पाएको मौका चुकाएको थियो।
गोलरहित बराबरीमा टुंगिएको पहिलो हाफ दर्शकका लागि पट्यारलाग्दो भएको अनुभव गर्न सकिन्थ्यो। दुवै समुहबाट गोल गर्न नसकिरहेको बेला दोश्रो हाफको ३०औँ मिनेटमा आरआईएफसीका जर्सी नम्बर ७ का सुजन पुलामीले गोल गर्दै खेलमा खाता खोलेका थिए।
१–०को गोल अन्तर बनाएको आरआईएफसीले गोल गरेको खुसियाली मनाएको २मिनेट नबित्दै एपिएफका जर्सी नम्बर ४का बलराम निरौलाले गोल फर्काएर खेललाई १–१को बराबरीमा ल्याए।
खेल १–१को बराबरी भएपछि निकै तातिएको खेलमा बाँकी रहेको ३मिनेटमा निकै घम्साघम्सी मच्चिएको थियो। खेलको अतिरिक्त समयको पाँचौ मिनेटमा डिबक्स भित्रबाट जर्सी नम्बर १४का एपिएफका बुद्दिमान राईले गोल गर्दै खेललाई २–१को अग्रता दिलाए। बाँकी रहेको १मिनेटमा आरआईएफसी काठमाण्डौ आक्रामक रुपमा प्रस्तुत हुँदा पनि गोल गर्न सकेन र हार स्विकार्दै खेलबाट बाहिरिन पुग्यो।
आज दोश्रो सेमिफाईन खेलको म्यान अफ द म्याच एपिएफका जर्सि नम्बर ४का खेलाडी बलराम निरौला घोषित हुँदै नगद दुई हजार ५ सय र ट्रफी प्राप्त गरे । निरौलालाई कोसी प्रदेशका सांसद एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राई, कोसी प्रदेश खेलकुद परिषदका सदस्य सचिव हंसराज वाग्ले र अल्टिच्युड क्लवका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले पुरस्कार प्रदान गरे।

फाईनल तामझामसहित दिउँसो एक बजेदेखि शुरु
क्लवका उपाध्यक्ष सुन्दरमणी राईले सोल्टी टिभीलाई दिएको जानकारी अनुसार, साबिकको हाँसपोसा गाविसको हालसम्मकै सबभन्दा ठुलो र इटहरीकै दोश्रो ठुलो धनराशीको पुरस्कार रहेको यो प्रतियोगिताको भोलि शनिबारको फाईनल खेल दिउसो एक बजेदेखि विभिन्न साँस्कृतिक तथा झाँकी प्रर्दशन गर्दै हुनेछ । विभिन्न संघसंस्था र स्थानीय जातीय संघसंस्थाहरुलाई सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
भोलिको खेल भव्य बनाउनका लागि प्रमुख अतिथिमा राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर, काठमाडौंबाट सदस्य सचिव टंकलाल घिसिङ आमन्त्रित गरिएको, क्लवका उपाध्यक्ष राईले सोल्टी टिभीलाई जानकारी गराए ।
विशिष्ट अतिथिका रुपमा नेपाल ओलम्पिक समितिका महासचिव निलेन्द्रराज श्रेष्ठ समेत उपस्थीति रहनेछ । उनी नेपाल ट्रायथलन संघका अध्यक्ष समेत हुन् ।
यसका अलवा विभिन्न प्रतिष्ठित व्यक्ति, सामाजिक व्यक्तित्वहरु समेतको उपस्थीत रहने उनको भनाई छ ।