अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिता
जेम्स । इटहरी १९ ब्रहमपुर
शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा बढेको ढुकढुक मुटुको धड्कनलाई शान्त पार्दै आयोजक अल्टिट्युड क्लव इटहरी १९ ब्रहमपुर आफ्नो आयोजनाको अल्टिट्युड रनिङ कपमा फाइनलमा प्रवेश गरेको छ । शक्तिशाली सप्तकोसी फुटबल क्लव बराहक्षेत्रलाई कडा मिहिनेतका साथ आज सम्पन्न सेमिफाईनल खेलमा १ गोल गर्दै फाईनलमा उसले आफ्नो स्थान सुनिश्चित गरेको छ ।
पहिलो हाफको ३०औँ मिनेटमा आयोजक अल्टिट्युड क्लबका खेलाडी जर्सी नम्बर १० का भुवन बस्नेतले चतुरपूर्ण तरिकाले गरेको गोल नै आज आयोजक क्लबका लागि भाग्यमानी साबित भयो । यो गोलसँगै उसले फाइनल प्रवेश गरेको हो । उता, उसको पक्षमा उर्लिएको स्थानी दर्शक र आयोजकका शुभेच्छुकका मुटुको धड्कन भने निर्धारित समय नसक्दिाँसम्म धड्किने रहेको थियो । दुबै टिम कडा प्रतिष्पर्धामा खेल खेलेपछि जितको सुनिश्चिता थिएन् । निर्धारित समयको व्हिसल (सिट्टी) बजिसकेपछि आयोजक पक्षधरले खेल मैदानमा नै छिरेर जितको खुशीयाली मनाए ।
खेल संयोजक मनोज तामाङ्गले जनाएअनुसार, खेलको म्यान अफ द म्याच आजको खेलमा एक गोल गर्ने बस्नेत नै घोषित भए । उनलाई कोशी प्रदेशका विनाविभागीय मन्त्री कमलप्रसाद जवेगु र अल्टिट्युड क्लवका आजिवन सदस्य एवं कानुनी सल्लाहकार अधिवक्ता तुलसी प्रसाद तिम्सिनाले पुरस्कार प्रदान गरे ।
भोलिको दोश्रो सेमिफाईनल खेल एपिएफ कोसी प्रदेश र आरआईएफसी काठमाण्डौंबिच हुनेछ, आयोजक क्लबका उपाध्यक्ष सुन्दर मणी राईले बताए । भोलि जसले जित्छ उसले आयोजक क्लबसँग भिड्ने छ । तिहारका कारण खेलमा ब्रेक नगरिएको र निरन्तर हुने क्लबले जनाएको छ ।

मन्त्रीको घोषणा, निमार्ण अपुरो भवन बनाईदिन्छु
आजको खेलको प्रमुख अतिथि समेत रहेका कोशी प्रदेशका विनाविभागीय मन्त्री कमलप्रसाद जवेगुले खैल मैदानको अवस्था देखेपछि स्टेज छेऊकै निमार्ण अपुरो रहेको भवन बनाउनका लागि पहल गर्ने घोषणा गरे । उनले खेल मैदानमा तारबार लगाउने विषयमा पनि पहल गर्ने बताए ।
बनाईहाल्छु भन्दिन, त्यसो भन्दा गफ दिए जस्तो हुन्छ । म झुठो बोल्न नसक्ने नेता भएकोले आवश्यक पूर्वाधार बनाउनका लागि पहल भने अवश्य गर्नेछु । प्रमुख अतिथिको मन्तव्य राख्दै मन्त्री जवेगुले भने, म जहाँ गए पनि मबाट केही न केही आशा अवश्य राखिएको हुन्छ । यहाँ पनि केही आशा होला, मैले देखे अनुसार, स्टेज साइडको भवन निमार्ण अपुरो रहेछ । यो बनाउन पहल गर्छु र ताराघेरा लगाउनका लागि समेत पहल गर्नेछु ।