धरान । ख्याती कमाएका गायक, संगीतकार, मोडल एवम् नायक समेत रहेका कञ्चन थलङले सुन्दरी मोडल तथा नायिका रेखा लिम्बुलाई मायालु साथ दिएको खबरले यतिबेला साँगीतिक बजार तातिएको छ । अविवाहित कञ्चनले अविवाहित नै रहेकी रेखालाई यसअघि पनि चिसो चिसो मौसममा साथ दिएका थिए, अहिले भने बैमानी मौसममा साथ दिएका छन् । आखिर के हो वास्तविक्ता ? सोल्टी टिभीले खोज्ने प्रयास गरेको छ ।
लिम्बुवान आईडल समेत रहेका शालिन एवम् भद्र गायक कञ्चनले वास्तविक जीवनमा नभई उनको हालै रिलिज नयाँ गीतको म्युजिकको भिडियोको कथामा यसरी रेखालाई मायालु पाराले साथ दिएका हुन् ।
कञ्चनको ‘चिसो चिसो छ मौसम’ बोलको गीत सुपरहिट भएपछि चर्चा सेल्याउन नपाउदै उनले सोही गीतको भाग १ भन्दै तयार पारेर दोस्रो गीत ‘यो मौसम बैमानी’ को भिडियो समेत तयार पारि गत मङ्गलबार धरानबाट आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
चर्चित गायिका मेलिना राईले समेत गाईसकेको गीतको भाग दुई यो गीतमा यसअघिकै केमियो सुन्दर रुपमा प्रस्तुत भएका छन् ।
म्युजिक भिडियोलाई कञ्चन थलङको अफिसियल युटुब च्यानलमा हेर्न सकिने छ । शब्द, संगीत र स्वर कञ्चनकै रहेको गीतकोे भिडियोले अहिले चर्चा बटुलिरहेको छ ।
हेुर्नहोस् भिडियो