तरहरा । विवादास्पद अभिव्यक्ति दिने र सामाजिक संजाल र युट्यूवमा चर्चामा आईरहने दुर्गा प्रसाईं उर्फ चर्चे (सामाजिक संजाल र युट्यूवमा चर्चामा आईरहने भएकोले चर्चे अर्थात् चर्चित) बुधबार इटहरी वडा नं. १९ को ब्रहमपुर सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा गत शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको बुधबारको दोश्रो क्वाटरफाईनल खेलका लागि प्रमुख अतिथिका रुपमा आउने भनि माईक्ङि गरि प्रचारप्रसार गरियो र मिडिया समेतलाई जानकारी गराईयो । तर, खेल शुरुवात भई मध्यान्तरसम्म पनि उनी नआएपछि उनका गफ सुन्न मैदानमा आएका धेरै दर्शकहरु निराश भए, मिडियाले गलत जानकारी गराएको भन्दै आलोचना गरे ।
के साच्चै आउनेवला थिए त दुर्गा प्रसाई ?
आयोजक अल्टिट्युड क्लवका अध्यक्ष पिताम्बर तिम्सिनाको दावी पत्याउने हो भने दुर्गालाई औपचारिक निम्तो र उनीहरुबिच कार्यक्रममा आउने लिखित सहमती समेत भएको थिए (तिम्सिनाले दाबी गरेको भिडियो सोल्टी टिभी, युट्यूब च्यानलमा हेर्नुहोस् ।) । क्लवका उपाध्यक्ष सुन्दरमणी राई समेत दुर्गा प्रसाइ आउने पक्कापक्की भएपछि मिडियालाई जानकारी गराई बुधबार बिहान व्यापक प्रचारप्रसार गरेको दाबी गर्छन् ।
अनौपचारिक कुराकानीमा पनि बुधबार खेल मैदान रहेको ब्रहमपुर सामुदायिक वन उभपोक्ता समूहको कार्यालयमा भेट् हुदाँ अध्यक्ष तिम्सिनाले दुर्गा प्रसाई आउने तर, राजनीतिक र विवादित मन्तव्य नहुने दाबी गरेका थिए ।
उनले भनेका थिए, खेलकुदमा राजनीतिक विषयवस्तु वा व्यक्तिगत प्रसंगहरु उठाउनु हुन्न भन्ने विषयमा हामी गम्भीर र सचेत छौं । दुर्गा प्रसाईलाई समेत विवादित मन्तव्य नदिन भन्ने विषयमा सचेत नै गराउने छौं । बोल्ने हामीले खेलकुदका विषयमा हो । यसको विकास र सम्बृद्धिका बारेमा हो । तर, गणतन्त्रमा कसैको वाक स्वतन्त्रतालाई हामी रोक्न सक्दैनौं ।
तथापि, हामीले सचेत भने गराउने नै छौं । कसैको कारण यति भव्य प्रतियोगिता विवादमा पर्नु हुन्न भन्ने तर्फ हामी सचेत छौं ।
दुर्गा प्रसाईको छबिको कमाल, दर्शक बढे
विभिन्न उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेतृत्वको आलोचना गर्दै हिड्नेदेखि मारवाडी समुदायलाई नै (तथापि, उनले केही मारवाडी भन्ने गर्छन् ।) बदनाम गर्दै युट्यूबदेखि राष्ट्रिय टेलिभिजनमा समेत खुलमखुल्ला प्रमाणित गर्नै नसक्ने विवादस्पद विषयहरुमा बोल्ने दुर्गाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
पछिल्लो पटक मारवाडी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोल्दै आएका दुर्गाले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा जसलाई उनी हजुरबा भन्छन् र युवा संघका पूर्व अध्यक्ष तथा प्रभावशाली एमाले युवा नेता महेश बस्नेत विरुद्ध समेत पछिल्ल्लो समय विषवमन गरिरहेका थिए ।
विभिन्न व्यक्ति तथा समुदायमाथि अराजक अभिव्यक्ति दिँदै आएपछि प्रसाईंले साईबर ब्युरोले पनि सोधपुछ गरेका थिए । प्रहरी प्रधान कार्यालयबाट समेत उनलाई बोलाईएको थियो ।
मेडिकल व्यवसायी रहेका दुर्गा प्रसाईंलाई काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका थिए । दुर्गा प्रसाईले त्यसपछि तिनीहरुलाई एमाले अध्यक्ष ओली र महेश बस्नेतको निर्देशन थियो भन्दै खुलेरै दुई नेताहरुमाथि धावा बोलिरहेका छन् ।
राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने किसिमका गतिविधि भईरहदाँ समेत समाज उनको पक्ष र विपक्षमा धुब्रकृत भएका छन् । केही महिनाअघि बैंकरलाई कालोमोसो दल्ने अभियान सुरु गरेका दुर्गा प्रसाईंले राजनीतिक प्रपञ्च गर्दै सर्वसाधारणको सेन्टिमेन्ट लिनका भने सफल भएका छन् । यसैकारण, बुधबार पनि उनलाई हेर्ने र सुन्नेहरुको व्यापक भिड लाग्ने अनुमान थियो । सोही अनुसार उनको सुरक्षाका लागि क्लबसहित स्थानीय युवाहरुले व्यापाक व्यवस्था गरेका थिए, क्लब आवाद्ध एकजना सदस्य भन्छन् । नेपाल प्रहरीदेखि सशस्त्र प्रहरी बल समेत सुरक्षाका लागि तैनाथ गरिएको, सुत्रको दाबी छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की समेत विशिष्ट अतिथिका रुपमा आएका थिए ।
माओवादीलाई तथानाम गाली गर्दै एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्य समेत भईसकेका प्रसाईको पछिल्लो समय विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिंन थालेपछि झन चर्चामा भए । कतिसम्म भने, प्रसाईं गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ नै घोषणा गरे । तर, आफ्नो ऋण मिनाहका लागि यो प्रपञ्च गरिएको भन्ने आरोप उनीमाथि छ ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्का एक सुत्रले जानकारी गराएअनुसार, केही मारवाडी व्यापारीसँग ऋण सापटी माग्दा नदिएकाले प्रसाईंले मारवाडी समुदाय विरुद्ध बोल्न थालेका हुन् । उनीविरुद्ध उजुरी समेत परेपछि प्रहरीले साइबर व्यूरोमा बोलाएको थियो । यती हुदाँ हुदै पनि सर्वसाधारणमा उनको क्रेज जर्बरदस्त छ । यहीँ कारण हुनुपर्छ हिजोका खेल हेर्ने दर्शक समेत बढेका थिए ।
के थियो त सुरक्षा थ्रेड ?
एमाले अध्यक्ष शर्मा र नेता महेश बस्नेतमाथि खनिरहने दुर्गा प्रसाईलाई एमालेको थ्रेड हुनसक्ने भन्दै व्यापक चर्चा गरिए पनि एमालेले अनावश्यक विषय र व्यक्तिका बारेमा हावाधारी गफ गरे पार्टी र गणतन्त्रलाई बदनाम गर्न खोजिएको दाबी गरेका छन् ।
एमालेका एक प्रदेश नेता बुधबार राती सोल्टी टिभीसँग भने, दुर्गा प्रसाई तरहरा आउदै छन् भन्नै औंपचारिक जानकारी थिएन र उनीमाथि आक्रमण गर्ने बारे त कल्पना समेत गर्न सकिन्न ।
एमालेको नेताको यस्तो दाबी भए पनि, सुत्रका अनुसार इटहरीमा भने दुर्गा प्रसाईलाई थ्रेड थियो ।
यद्यपी, आयोजक भने प्रमुख अतिथिको रुपमा निम्ताईएको दुर्गा प्रसाईको विषयमा उनको समय व्यस्त भई अचानक काठमाण्डौं जानु पर्ने भएको र दमकको कार्यक्रम लम्बिदाँ तरहराको कार्यक्रममा आउन नसकेको दाबी गर्छन् ।
एमालेका एक जिल्ला युवा नेताले समेत दुर्गा प्रसाई बारे भ्रम छरेर विपक्षीले एमालेको बदनाम तुलाउने प्रयास गरेको दाबी गरे ।
उनका अनुसार, सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोले एमालेले होईन, आम जनताले दुर्गा प्रसाईलाई कारबाही गर्नेछ ।