अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिता
जेम्स । इटहरी १९ ब्रहमपुर
शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा पञ्चायन फुटबल क्लवलाई ३–२ले पराजित गर्दै एपिएफ कोसी प्रदेश सुनसरीको इटहरी १९बरमपुरमा जारी प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ। आरआईएफसी काठमाण्डौसँगसँग एपिएफको भिडन्त हुनेछ ।
शुरुवातीदेखि नै निक्कै आक्रमक भई खेल अगाडि बढाएको एपिएफलाई अप्रत्याशित झट्का तब लाग्यो जब खेलको पहिलो हाफको १६औँ मिनेटमा पञ्चायनका जर्सी नम्बर १५ का खेलाडी सौजन राईले खेलप्रेमीलाई नै छक्क पार्दै गोल गरे । दबावमा रहेको पञ्चायनको यो गोलले दर्शकलाई रोमाञ्चित बनायो । अधिकांश दर्शक पञ्चायनका पक्षमा हुटिङ गरिरहेका थिए । तर, लय नछाडेका एपिएफले पञ्चायनले गोल गरेको २ मिनेटमा नै गोल फर्काउदै खेललाई १–१को बराबरी बनाए । जर्सी नम्बर १८ का धनबहादुर श्रेष्ठले १८औँ मिनेटमा सो गोल गरेका थिए । २१औँ मिनेटमा एपिएफका जर्सी नम्बर ९ का हरि कार्कीले एपिएफका तर्फबाट थप एक गोल गरेर खेललाई २–१ बनाएपछि दर्शक निराश देखिएका थिए । तर, पञ्चायनले हरेश खाएनन् । जर्सी नम्बर ३०का बुद्दिमान राईले पहिलो हाफको ३०औँ मिनेटमा एपिएफको तर्फबाट पुनः अर्को गोल गर्दै खेललाई ३–१को अघि बढाएपछि भने पञ्चायन हच्किएका थिए । तर, मध्यान्तरपछि जब पोल साटासाट भयो तब पञ्चायनले जादु देखाए ।

दोश्रो हाफको १४औँ मिनेटमा पञ्चायनका जर्सी नम्बर ११का पुजन चौधरीले शान्दार एक गोल गरे । खेल ३–२मा रोमाञ्चक तरिका अगाडि बढ्यो । एपिएफलाई त्यसपछि जित जोगाउन हम्मे हम्मे परिरहेको थियो । पञ्चायनल लगातर दवाब श्रृजना गर्दै पटकपटक पोलमा गोल प्रयास गरे । तर, र्दुभाग्य आज पञ्चायनका दिन रहेन छ । आछु आछु पारे पनि उसले गरेका गोल प्रयास सफल हुन सकेन् ।
खेलको म्यान अफ द म्याच एपिएफका ३०नम्बर जर्सी लगाएका बुद्दिमान राई घोषित हुँदै नगद रु २५ सय र ट्रफी प्राप्त गरे। राईलाई इलाका प्रहहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की र राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष एवं अल्टिच्युड क्लवका अध्यक्ष पिताम्बर तिम्सिनाले पुरस्कार प्रदान गरे।
खेल संयोजक मनोज तामाङ्गले जनाएअनुसार, बिहिबारको पहिलो सेमिफाईनल खेल उद्घाटन खेल बिजेता आयोजक अल्टिच्युड क्लव र मंगलबारको बिजेता सप्तकोसी फुटबल क्लवका बीच हुनेछ ।

आएनन् दुर्गा प्रसाई, सुरक्षा थ्रेड कारण
अल्टिच्युड क्लवका उपाध्यक्ष सुन्दरमणी राईले जानकारी दिएअनुसार, एपिएफ सुनसरी र पञ्चायन फुटबल क्लव रामधुनीबिच हुने बुधबारको दोश्रो क्वाटरफाईनल खेलका लागि प्रमुख अतिथिका रुपमा चर्चित एवम् विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आउने जानकारी गराएको भए पनि अन्तिम अवस्थाम दुर्गा आएनन् । क्लबले उनी समय व्यस्तताका कारण नआएको बताए पनि सुत्रले बताएअनुसार, सुरक्षा थ्रेड एउटा कारण हुन् सक्छ ।
क्लबले दुर्गा प्रसाई आउने भनेर आज बिहानैबाट प्रचारप्रसार समेत गरेका थिए । मिडियालाई समेत खबर गरेर जानकारी गराईएको थियो । उपाध्यक्ष राईले दिएको जानकारी अनुसार, सोल्टी टिभी डट कमले समेत समाचार संम्प्रेषण गरेको थियो । दुर्गा प्रसाई नआएपछि सोल्टी टिभीले पनि क्षमायाचना गरेको छ ।
तस्वीर सौंजन्यः त्रिलोचन पौडेल । सम्पादक, पूर्वीखबर डट कम