अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिता
जेम्स । इटहरी १९ ब्रहमपुर
शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगितामा सप्तकोसी फुटबल क्लव बराहक्षेत्र मंगलबार ब्रहमपुर सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा भएको खेलमा सप्तकोसीले चित्लाङ्ग फुटबल क्लवलाई २–१ हराउदै सेमिफाईनल प्रवेश गरेको छ । बाई पाएको भाग्यमानी सप्तकोसी फुटबल क्लवलाई आजको विजयीले थप उत्साहित तुलाएको छ ।
सप्तकोसीका जर्सी नम्बर ७ का खेलाडी रायन कार्कीले खेलको पहिलो हाफको १४ औँ मिनेटमा गोल गरेका थिए । जर्सी नम्बर १७ का ओमन राईले पहिलो हाफको ३०औँ मिनेटमा गोल गर्दै खेललाई २–०को अग्रता दिलाए ।
भाग्यमानी ठहरीए पनि सप्तकोसीका खेलाडीले डिबक्सभित्र हेण्ड गर्दा दोश्रो हाफको ३४औँ मिनेटमा नतिजाले झण्डै फरक मोड लियो । पेनाल्टीलाई चित्लाङ्गका टिम क्याप्टेन सुसन लामाले सुन्दर रुपमा सदुपयोग गर्दै गोल गरेपछि दर्शक हौंशिएका थिए । चित्लाङ्गले दर्शककै साथ पाएर हौशिए पनि अन्ततः खेल २–१ मा टुंगियो ।
सप्तकोसीका जर्सी नम्बर २२ का गोलरक्षक सौरभ बराल म्यान अफ द म्याच घोषित हुँदै नगद २५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे । उनलाई कोसी प्रदेश खेलकुद परिषदका सदस्य सचिव हंसराज वाग्ले र इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले पुरस्कार प्रदान गरे।

दुर्गा प्रसाईं आउदै ः
अल्टिच्युड क्लवका उपाध्यक्ष सुन्दरमणी राईले जानकारी दिएअनुसार, एपिएफ सुनसरी र पञ्चायन फुटबल क्लव रामधुनीबिच हुने बुधबारको दोश्रो क्वाटरफाईनल खेलका लागि प्रमुख अतिथिका रुपमा चर्चित एवम् विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आउने छन् । उनको स्वागतका लागि तरहरा चोकबाट नै युवाहरुका लामालस्कर लाग्ने, सुत्रले बताएको छ ।