Follow Us

Recommended

रामधुनिमा नागरिक उन्मुक्तिको नगर कमिटी

रामधुनिमा नागरिक उन्मुक्तिको नगर कमिटी

9 months ago

Unconventional Workouts That Torch Fat And Sculpt Muscle

2 years ago
नखानु पानी तोङ्बाको गायक लामाले किन हाने गोली ? (हेर्नुहोस् भिडियो)

नखानु पानी तोङ्बाको गायक लामाले किन हाने गोली ? (हेर्नुहोस् भिडियो)

1 year ago
बराहक्षेत्र सेमिफाईनलमा, दुर्गा प्रसाईं आउदै

बराहक्षेत्र सेमिफाईनलमा, दुर्गा प्रसाईं आउदै

3 weeks ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

हात्ती र खरायोले ब्रहमपुर वनमा ड्याङ्ग्रो बजाउने

by सोल्टी टिभी
September 16, 2023
in समाचार
0
कोभिडका कारण प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता स्थगित
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

ब्रहमपुर (इटहरी) । राजनीतिक, सामाजिक र सामुदायिक नेतृत्वमा युवा उदाउन थालेपछि आम सर्वसाधारणमा आजकल निराशाको बादल हट्दै गईरहेको छ । इटहरी १९ र १७ को ब्रमहपुर सामुदायिक वन उपभोक्ता समुहमा पनि युवा नेतृत्व आएपछि त्यहाँका उपभोक्ताले सामुदायिक वनको संरक्षण र आम उपभोक्तालाई सहज र एकैनासे सेवासुविधा हुने विश्वास लिएका छन् । पूर्व उपाध्यक्ष समेत रहेका युवा नेता मनोज तामाङ्ग अध्यक्षमा निर्वाचित भएपछि आम उपभोक्ताले यो विश्वास लिएका हुन् ।

“म राजनीतिक, जातीय र क्षेत्रगत हिसाबमा विभेद् गर्दिन ।”, अध्यक्ष पदमा निर्वाचित भईसकेपछि पहिलो अन्तरवार्ता दिदै तामाङ्गले सोल्टी टिभीसँग भने, “हामी भेद्भाव नगरि आम उपभोक्तालाई समान दृष्टिले हेरेर काम गर्नेछौं ।”

निकटतम् प्रतिद्वन्दि सुरेश बनलाई करिव दोब्बर मतले पराजित गर्दै निर्वाचित भएका तामाङ्गले सोल्टी टिभीसँग भने, “मेरो कार्यकालमा विधि र विधानभन्दा बाहिर रहेर काम हुने छैन् र सबै उपभोक्ताका सामुहिक आवश्यकता र कानुनसम्बतः जायत मागलाई उच्च ध्यान दिईनेछ ।”

दुई सय ६३ मत प्राप्त गरेका तामाङको १ सय ३६ मत बद्दर भएको, जनाईएको छ । यसहिसाबले उनी सर्वाधिक लोकप्रिय मत ल्याउन सफल देखिएका हुन् ।

“यसकारण पनि मेरो जिम्मेवारी थप बढेको महुशष गरेको छु ।”, तामाङ्ग भन्छन्, “यो जिम्मेवारी मेरो नेतृत्वमा सबै निर्वाचित पदाधिकारी र सदस्य ज्यूहरुसँग सहकार्य र समन्वयनमा पुरा गर्नेछु ।”

अध्यक्ष पदका अर्का उम्मेदवार वनले १ सय २३ मत र बुद्ध वम्जनले ९८ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष पदमा भने स्थानीय चर्चित युवा टेक बहादुर बस्नेत निर्वाचित भएक छन् । उनी स्थानीयस्तरमा सामाजिक कामका लागि चर्चित छन् । बस्नेतका निकटतम् प्रतिद्वन्दि भने सोही सामुदायिक वनकै पूर्व कर्मचारी कमल गुरुङ्ग थिए । उपाध्यक्षमा बस्नेतले तिन सय ५ मत प्राप्त गर्दा गुरुङ्गले १ सय ५१ मत प्राप्त गरेका थिए ।

अध्यक्ष तामाङ्गको चुनाव चिन्ह हात्ती थियो भने उपाध्यक्ष बस्नेतको खरायो । अब यी दुई युवा नेतृत्व आएपछि यसअघि सामुदायिक वनमा हुने गरेको अनियमितता र भष्ट्रचार बारे पनि छानविन हुने विश्वास, उपभोक्ताले लिएका छन् । इटहरी सेर्सेकालीमा भात पचाउनेदेखि लिएर वनबाट काठ सस्तोमा लिएर महंगोमा बेच्ने गरेको, आरोप यसअघिका कार्यसमितिमाथि छ । यसबारे छानविन हुने संकेत नवनिर्वाचित अध्यक्ष तामाङ्गले गरेका छन् ।

“कुनै किसिमका भष्ट्रचार वा अनियमितता भएको भए, सो बारे निडरतापूर्वक, निष्पक्ष र स्वतन्त्र छानविन त हुन्छ नि…”, तामाङ्गको कथन थियो, “सामुदायिक वनको संरक्षण र उपभोक्ताको सुविधाका लागि काम गर्छु भनेर निजी फाईदा वा कुनै किसिमका गलत धन्दामा लागेका भेटिए छानविन त हुन्छ ।”

हात्ती चुनाव चिन्हमा उठेका अध्यक्षलाई खरायो चुनाव चिन्हबाट जितेका उपाध्यक्षले समेत यस विषयमा सहयोग गर्ने बुझिएसँगै अब हात्ति र खरायोले यसअघि कुनै किसिमका भष्ट्रचार वा अनियमितता भएको भए त्यसमाथि ढ्याङ्ग्रो बजाउने बुझिएको छ ।

अध्यक्ष र उपाध्यक्षमा निर्वाचन भए पनि सचिवमा भने कोपिला खत्री र कोषाध्यक्षमा रेनुका ढकाल अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा
पविमाया बिक, शुसिला खड्का, शुभद्रा अधिकारी, युवराज कटवाल, प्रमिला गिरी, खड्गबहादुर पुरी, आशिष तामाङ्ग, पविमाया कामी सर्वसम्मत भएका छन्। अरु दुईजना सदस्य कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In