सोल्टी टिभी संवाददाता । तरहरा
गठन हुदाँ नै हलचल ल्याएको तरहरा रनले छोटो समयमा नै झापाको दमकमा झड्का दिने काम गरेर तहल्का मचाएको छ । दमक हल्याएपछि तरहरा रनको चर्चा थप बढेको छ । साथै, गठनको औंचित्य समेत पुष्टी हुदै गएको छ ।
“हामीले निजी स्वार्थका लागि होईन, तरहराको…यो हाम्रौं इटहरीको नाम उच्च राख्न खोजेका हौं ।”, टिआर (तरहरा रन) का अध्यक्ष शिब रुम्दाली राईले हर्षित मुद्रामा सोल्टी टिभीसँग भने, “दौंडिएपछि यसले सामाजिक रुपमा नेटवर्कको विकास मात्र गरेको छैन्, नियमित शारीरिक गर्दा वा, दौडिए मात्र पनि मानसिक स्वास्थ्य स्वस्थ रहने, आत्म विश्वास बढ्ने, आफ्नो जीवनको गुणस्तरमा उल्लेखनीय सुधार हुने र यसबाट रचनात्मक रुपमा आफुलाई तयार गर्न सकिने हुदाँ हर प्रकारले सके नियमित नत्र, हर हप्ता रन (दौड) गर्दा पनि उचित हुन्छ ।”
टिआरका सदस्य नवराज तिम्सिनाका अनुसार, सुनसरी, मोरङ र झापा जिल्लाका रनरहरु सहभागि भएको लियो र लायन्स क्लब अफ दमक बिग् वुद्धले ५९ औं बाल दिवशको अवसरमा पाँच वर्षदेखि १२ वर्ष उमेर समुहका बालबालिकाका निम्ति संयुक्त रुपमा आयोजना गरेको Distance Dreamers : Kids Run (दौड प्रतियोगिता) मा सुनसरीको इटहरी उपमहानगरपालिकाका रनर सम्राट राई प्रथम भएका हुन् । उनी इटहरी २ शान्तिनगरका हुन् ।
स्थानीय विद्यालयका विद्याथी सहभागि भएको रन शुक्रबार २९ मा दमकको भृकुटि चौकबाट शुरु भएको थियो ।

वडा नं. २० का वडाअध्यक्षको बधाई
यसैबिच, इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले रनमा प्रथम भएका सम्राट राईलाई बधाई दिएका छन् । सो अवसरमा उनले तररहा रनको प्रशंसा गर्दै सफलताको शुभकामना समेत व्यक्त गरेको, तिम्सिनाले सोल्टी टिभीलाई बताए ।