हङकङ्ग संवाददाता
नेपाली मौलिक कथावस्तुमा निर्मित लिम्बू समुदायको कथामा आधारित नेपाली चलचित्र हाँङनान्दको हङकङ्गमा व्यापक प्रचारप्रसार भईरहेको छ । आइतबार (पर्सि, २०२३ सेप्टेम्बर १०) प्रर्दशन हुन गईरहेको हाँङनान्दका नायक, चलचित्र निर्देशक मात्र होईनन्, अन्य चलचित्रकर्मीहरुले पनि प्रचारप्रसारमा सहयोग गरिरहेका छन् ।
“काठमाण्डौं, धरान, दमकपछि हाङनान्दलाई यहाँ (हँङकङ्गमा) प्रर्दशन गर्दछौं ।”, हाँङनान्दका नायक एवं कथा लेखक हेमन्तकृष्ण पंधाकले भने, “र, यहाँका संघसंस्था, प्रसिद्ध व्यक्तिहरु र चलचित्रकर्मीहरुले आत्मिय सहयोग पुराईरहनुभएका छन् । म उहाँहरु सबै प्रति कृतज्ञ छु ।”
फिल्म हेर्न आईदिनका लागि अनुरोध गर्दै आफ्नी श्रीमतीसहित हङकङ पुगेका चलचित्र निर्देशक विजय संयोक सुब्बाले चलचित्र निर्माणको उद्देश्य बारे यहाँ पत्रकार सम्मेलनमा प्रकाश पारेका थिए । उनले हङकङमा रहनुहुने दर्शक एवम् शुभचिन्तक महानुभावहरुलाई चलचित्र हेरिदिनका लागि उपस्थति भईदिन अनुरोध गरेका छन् ।
आईतबार याउमातेई कम्युनिटी हल, काउलुनमा बेलुकी ६ः३० बजे चलचित्र प्रर्दशन हुदैछ ।
प्रचारप्रसार व्यापकः
गायक, कलाकार एवम् समाजसेवी हेम दिलुङछा राईदेखि लिएर फुलेन्दे को बाउ समेतले चलचित्रका लागि प्रचारप्रसार गरिरहेका छन् । चलचित्र निर्माता एवम् कलाकार विनोद पोमो समेत प्रचारमा लागेका छन् । उनी स्वंयम पनि चलचित्रका कलाकार हुन् ।
लिम्बु मुन्धुमको मिथकमा आधारित छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ फिचर फिल्ममा मनोनित भएको चलचित्रको शिर्ष गीत पैयु फुल्योको वल्र्ड रिलिज भएसँगै धरानमा गरिएको प्रिमियरमा दर्शकको घुईचो लागेको थियो । धरानमा चलचित्र हाउसफूल भएको थियो ।