Follow Us

Recommended

प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा कमन देवान

प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन, अध्यक्षमा कमन देवान

1 year ago
कमजोर प्रतिद्वन्द्वी तर, कडा प्रतिस्पर्धा

कमजोर प्रतिद्वन्द्वी तर, कडा प्रतिस्पर्धा

2 years ago
भिम बिश्वकर्माको हत्यारालाई हदैसम्मको कार्वाही माग गर्दै बिहिबार (भोली) माइतीघर मण्डला काठमाडौंमा बृहत बिरोध जुलुस हुने

भिम बिश्वकर्माको हत्यारालाई हदैसम्मको कार्वाही माग गर्दै बिहिबार (भोली) माइतीघर मण्डला काठमाडौंमा बृहत बिरोध जुलुस हुने

2 years ago
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

3 weeks ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु

by सोल्टी टिभी
September 6, 2023
in समाचार
0
ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु
3
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तरहरा । अचम्मैको चुनाव शिर्षक पढ्दा सायद तपाईलाई पनि लाग्यो होला अचम्म हो, शिर्षक सुन्ने होईन निर्वाचन समितिका संयोजकको कुरा सुन्ने जति सबैलाई यस्तै अचम्म लाग्छ । तर, गहिरिएर बुझ्दै गए, निर्वाचन समितिका संयोजकको कुरा ठिक पो हो कि ! भन्ने पनि तपाईलाई लाग्न सक्छ ।

निर्वाचन समितिका संयोजक मात्र होइनन्, अर्का सदस्य पनि उसै भन्छन्, निवर्तमान कार्य समितिका मेजर फाइभ (मुख्य पाँच) पदाधिकारी दोहोरिएर कोही पनि नआऊन् र उपभोक्ता सदस्यहरु समेतले उनीहरुलाई भोट हालेर (मतदान गरेर) निर्वाचित नगरुन् । कार्य समितिका बहुमत यो पक्षमा छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. १९ र १७ स्थित ब्रमहपुर सामुदायिक बन उपभोक्ता समुहको यहीँ शनिबार २३ भदौमा हुने नयाँ कार्य समितिको अध्यक्ष र उपाध्यक्ष पदमा हाल तछाँडमछाँड भए पनि निवर्तमान कार्य समितिका मुख्य पाँच पदका कुनै पनि पदाधिकारी निर्वाचित नहोस् भन्ने निर्वाचन कार्य समितिका संयोजक स्वंयम खुलमखुल्ला हाक्की भन्छन् ।

“मेरो कसैसँग पूर्वाग्रही पनि छैन् र म कसैको पक्ष विपक्षमा बोलेको पनि होईन ।”, निर्वाचन समितिका संयोजक समेत रहेका इटहरी उपमहानगरपालिका वडा नं. १९ र १७ स्थित ब्रमहपुर सामुदायिक बन उपभोक्ता समुहको निवर्तमान लेखा समिति संयोजक लक्ष्मीनाथ वन भिडियोमा नै हाकाहाक्की भन्छन्, “अहिलेका (वर्तमान कार्य समितिका) कुनै पनि पदाधिकारीलाई भोट नहाल्नु ।”

उनका अनुसार, निवर्तमान कार्य समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षले सामुदायिक वनलाई संरक्षण गर्न नसकेको मात्र होईनन्, आम उपभोक्ता सदस्यहरुलाई सुविधा समेत उपलब्ध गराउन सकेनन् । निर्वाचनको समयमा विभिन्न हावादारी गफ चुटे पनि निर्वाचित भईसकेपछि ढलेको सिंन्को नभाचेको, उनको गुनासो छ ।

सामुदायिक वन तलबभत्ता पचाउने मेलो मात्र भएको समेत, उनको आरोप छ । (हेर्नुहोस् भिडियो, सोल्टी टिभी युट्यूब च्यानलमा) ।

एक पद, तिन प्रत्यासीः

समूहको अन्य पदाधिकारी र सदस्यहरु र्निविरोध भए पनि अध्यक्ष र उपाध्यक्षमा तीन–तीनजनाको उम्मेदवारी परेको छ । अघिल्लो कार्यसमितिको कोषाध्यक्ष समेत रहेका सुरेश वन, निवर्तमान अध्यक्ष मख्खन बम्जनका छोरा बुद्ध बम्जन र पूर्व उपाध्यक्ष मनोज तामाङ्ग नेतृत्व लिनका एकआपसमा लड्दै छन् । त्यसैगरि, उपाध्यक्ष पदका लागि कमल गुरुङ्ग, टेक बहादुर बस्नेत र केदार भण्डारी पनि भिड्दैछन् । कतिसम्म भने, उम्मेद्वारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिसकिएको छ । सहमतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पटकपटक गरिए पनि अन्ततः निर्वाचनमा होमिएको हो । तर, गोप्य प्रयास भने भईरहेको, सुत्रले जानकारी गराएको छ ।

सचिवमा कोपिला खत्री र कोषाध्यक्षमा रेनुका ढकाल अधिकारी सर्वसम्मत निर्वाचित भईसकेका छन् । कार्यसमिति सदस्यहरुमा पनि ८ जना सर्वसम्मत भएका छन् । उनीहरु आशिष तामाङ्ग, प्रमिला गिरी, पविमाया बिक, युवराज कटवाल, खड्गबहादुर पुरी, पविमाया कामी, शुसिला खड्का र शुभद्रा अधिकारी, रहेको, निर्वाचन समिति सदस्य अन्जान तामाङ्गले जानकारी दिए ।

दुईजना सदस्य भने कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ ।

नेतृत्व लिन तम्सिएका सुरेश वन ट्रागेटमा, संयोजक भन्छन्, पूर्वाग्रही छैन्

कोषाध्यक्ष हुदाँ पारदर्शीताको विषयमा विवादित छबि भएको भनि आरोप नलगाए पनि निवर्तमान कार्य समितिका कोषाध्यक्ष र हालः नेतृत्व लिनका लागि (अध्यक्ष पदका लागि) तम्सिएका सुरेश वनको विषयमा बुधबार स्थानीय केही युवाहरुले सामुदायिक वनको कार्यालयमा होहल्ला गरेका, समाचार प्राप्त छ ।

सुरेश वन ट्रिपर व्यवसायी समेत रहेको, बुझिएको छ । उनले सामुदायिक वनको नेतृत्व गरे समय दिन नसक्ने तर्फ संयोजकको चिन्ता छ ।

निर्वाचन समितिका संयोजक वनले अघिल्लो (निवर्तमान) कार्य समितिका मेजर फाइभलाई भोट नहाल्न भनि आग्रह गरिरहदाँ यसको प्रत्यक्ष असर सुरेशलाई परेको छ । संयोजक वनको ट्रागेटमा सुरेश हुन् कि भन्ने अड्कलबाजी छ । तर, सुरेश अध्यक्ष निर्वाचित होस्न/होस् केही प्रष्ट नभनेका संयोजक वनले निवर्तमान कार्य समितिका मेजर फाइभलाई भोटै नहाल्नु भनि खुलमखुल्ला हाकाहाकी भनेपछि भने सुरेशलाई मार्का परेको छ । तथापि, यसबारे सुरेशले केही बोलेका छैनन् । संयोजक वन भने घुमौंरो भाषा प्रयोग गर्छन् । भन्छन्, आर्थिक पारदर्शीताका विषयमा सुरेशलाई विवादमा तान्न प्रयास समेत गरिए पनि कोषाध्यक्ष हुदाँ तलबभत्ता खाने विषयमा खानु हुन्न भन्ने मत सुरेशको थियो ।

नजिक वा, घरैभित्रका नभए पनि साईनोमा कोषाध्यक्ष नाती र संयोजक बाजे भएको बुझिएको छ । सुरेश राजनीतिक हिसाबले नेकपा एमाले सम्बद्ध रहेको, बुझिएको छ तर, संयोजक वन राप्रपाका हुन् । उनी राजनीतिक वा पारिवारीक रुपले आफु पेश नहुने दाबी गर्छन् ।

“तर, म परिवारवाद, जातिवाद वा राजनीतिक रुपमा कसैलाई नजिक, कसैलाई टाढा गर्ने पक्षमा छैन् ।”, संयोजक वन भन्छन्, “जो निर्वाचित भए पनि उपभोक्ता सदस्य भएको नाताले म निरन्तर खबरदारी गरिरहन्छु ।”

यो समाचार तयार पार्दासम्म सुरेशसँग सम्पर्क भएको छैन् । साथै, उनको प्रतिक्रिया समेत लिन सकिएको छैन् ।

एक ट्रक प्रहरी बोलाईने हल्ला भ्रामकः

निर्वाचनमा सुरक्षाका लागि एक ट्रक प्रहरी ल्याउने भन्ने हल्ला फिजाईएको थियो । तर, निर्वाचन समितिका संयोजक वन यो हल्ला गलत भएको भन्दै सुरक्षाकै निम्ति केही प्रहरी भने बोलाउने प्रष्ट पार्छन् । उनले निर्वाचनकै विषयमा सामान्य होहल्ला भए पनि शनिबारको कार्यक्रम भव्य र सभ्य हुने दाबी गरे ।

यसका लागि (कार्यक्रम सफल बनाउन) उम्मेदवार, उपभोक्ता सदस्यहरुले मात्र होईन ।, वनले आग्रह गरे, सम्बन्धित पक्ष, मिडिया समेतले सहयोग गर्नुपर्छ ।

एक हजार दुईसयभन्दा बढि उपभोक्ता रहेको सामुदायिक वनमा ८ सय बढीले सदस्यता नविकरण गरेको निर्वाचन समितिले जनाएको छ । उनीहरुले मात्र मतदान गर्ने अवसर पाउछन् ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In