नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीलाई दिएको रगत संकलन गर्ने जिम्मेवारी पुरा गर्न पनि यो काम गरिएको हो ।
सबिन भट्टराई । तरहरा
लायन्स क्लब अफ तरहरासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले एक कार्यक्रम गरि मंगलबार ४२ पिन्ट रगत संकलन गरेको छ । रगत अभावलाई ध्यानमा राखी आपतकालीन आवश्यकता पूरा गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको, उपशाखा अध्यक्ष सुमन दाहालले जानकारी दिए

“रगत अभावलाई ध्यान दिदै आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा र लायन्स क्लब अफ तरहरा इटहरीको सयुक्तं आयोजनामा यो कार्यक्रम गरिएको हो ।”, अध्यक्ष दाहालले भने, “नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीलाई दिएको रगत संकलन गर्ने जिम्मेवारी पुरा गर्न पनि यो काम गरिएको हो ।”
तथ्यांक अनुसार, २ लाख पिन्टभन्दा बढी रगतको प्रयोग नेपालमा वार्षिक हुने गरेको छ । मंगलबारको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको हो ।
कार्यक्रममा स्थानीय संघसंस्था, क्लब, राजनीतिक दल, विद्यालयबाट सहभागि थिए ।
(तस्वीर पनि) ।