तरहरा (इटहरी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक कुमार चौधरीले प्रतिनिधिसभाको बैठकमा बोल्दै इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको दर वर्तमान परिस्थीतिमा अनुचित रहेको जिकिर गर्दै त्यसलाई समायोजन गर्नका लागि माग गरेका छन् ।
वर्तमान परिस्थीतिमा सबै क्षेत्रमा मन्दी आईरहेको बेला उपमहानगरपालिले वृद्धि गरेको करको दर व्यवहारिक नभएको जिकिर गर्दै कर तिर्नु नागरिकको दायित्व भए पनि अत्याधिक कर वृद्धि भएपछि इटहरीमा व्यापारी व्यवसायीहरू निराश भएको बताए ।
सांसद चौधरीको दलले केही दिनअघि इटहरी उपमहानगरपालिका अगाडि कर वृद्धिको विरोध गर्दै आएको छ ।
चौंधरीले लम्पीस्कीन रोगको बारेमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि, चौंधरीले नै इटहरी अस्पताल बारे पनि बोलेका थिए । संसद भवनमा चौंधरीले इटहरीको विषयमा निरन्तर आवाज उठाईरहेका छन् ।