नवनिर्वाचित अध्यक्ष राईले आफ्नो नेतृत्वको कार्य समितिले खेलाडीहरुको हकहित र उज्जवल भविष्यका लागि काम गर्ने बताए ।
तरहरा । सुनसरी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) को तेस्रो जिल्ला अधिवेशनले दिया हाङ राईको नेतृत्वमा आज (शनिबार ९ भदौ, २०८०) नयाँ कार्य समिति गठन भएको छ ।
समितिमा, उपाध्यक्ष दिलन राई र बिक्रम लिम्बु, सचिवमा अर्जुन चौंधरी र कोषाध्यक्षमा विपना राई सर्वसहमत चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा एलिजा राई, हिराधन राई, उदय बिक्रम राई, आशिष मगर, इशान राई, सुरज चौधरी, पेमा लामा र विवश तामाङ चयन भएका छन् ।
कार्य समिति गठनपछि नवनिर्वाचित अध्यक्ष राईले आफ्नो नेतृत्वको कार्य समितिले खेलाडीहरुको हकहित र उज्जवल भविष्यका लागि काम गर्ने बताए ।
यसअघि, नवीन राईको नेतृत्वमा सुनसरी आई टि एफ कार्य समिति गठन भएको थियो ।

खेलाडीलाई सम्मान
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा भोजपुरको दिङ्लामा सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय आई।टि।एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको थियो ।
सो प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्य पदक प्राप्त गर्दै सुनसरी जिल्ला प्रथम भएको हो । सोही प्रतियोगिताका विजेताहरुलाई समितिले सम्मान पत्रले सम्मान गरेको थियो भने सोही कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता सुनसरी आईटिएफका प्रशिक्षक कन्याम लिम्बुलाई समेत सम्मान गर्रयो ।