शिब रुम्दाली राईको नेतृत्वमा तिम्सिना, मिन खवास, जीवन गिरी र किशोर पराजुली यो ग्रुपका संस्थापकहरु हुन् । तरहरा साईक्लिङ क्लबका अध्यक्ष समेत रहेका रुम्दालीलाई नै यो ग्रुपमा अध्यक्षको जिम्मेवारी दिईएको, तिम्सिनाले जानकारी दिए ।
दियाहाङ राई । तरहरा
तरहरामा नियमित साईक्लिङ गरिरहेका पाँच युवाहरुले आज, शनिबार, बिहानदेखि तरहरालाई स्वस्थ राख्न भन्दै साप्ताहिक दौड (प्रत्येक शनिबार) को शुरुवात गरेका छन् । दौड गर्ने रुटको उचित व्यवस्थापन हुन नसक्दाँ हाललाई साढे दुई किलोमिटर दौडिन शुरु गरेका युवाहरुले आजै तरहरा रनर ग्रुप (टिआरजी) समेत गठन गरेका छन् ।
“आफ्नै निजी खर्चमा हामी (पाँच जना)ले आजबाट तरहरा रनर ग्रुप गठन गरेर साप्ताहिक रुपमा तरहरा रन शुरु गरेका छौं ।”, “ग्रुपका संस्थापक सदस्य नवराज तिम्सिनाले भने, यो ग्रुप शुद्ध तरहरालाई स्वस्थ राख्नका लागि विशुद्ध सामाजिक भावना भएकाहरुले गठन गरेका हौं र यहाँ राजनीति र चलखेल केही हुने छैन् ।”
उनका अनुसार, शिब रुम्दाली राईको नेतृत्वमा तिम्सिना, मिन खवास, जीवन गिरी र किशोर पराजुली यो ग्रुपका संस्थापकहरु हुन् । तरहरा साईक्लिङ क्लबका अध्यक्ष समेत रहेका रुम्दालीलाई नै यो ग्रुपमा अध्यक्षको जिम्मेवारी दिईएको, तिम्सिनाले जानकारी दिए ।
रुम्दालीले पनि यसको पुष्टी गरे ।
उनका अनुसार, नियमित दौडने जीवनशैलीले मुटु र फोक्सो बलियो हुनेदेखि तौल व्यवस्थापन गर्नमा पनि सहयोग पुराउछ ।
हरेक दिन दौडनुका धेरै फाइदाहरू छन् । रुम्दाली भन्छन्, नियमित रूपमा दौडनुले कुनै पनि व्यक्तिको लागि ठूलो फाइदा ल्याउँछ। फिट शरीर, उच्च प्रतिरोध, हृदय स्थिरताको सुधार हुने गर्छ ।
दौडने जीवनशैलीले हृदयाघातबाट मृत्यु हुने जोखिम कम हुनेदेखि डिप्रेसनबाट बच्न समेत सकिने, रुम्दालीले बताए ।
स्रोतका अनुसार, ग्रुपमा आजीवन सदस्य हुन दश हजार प्रवेश शुल्क लाग्ने छ । त्यस्तै, ग्रुपले नियमित गर्ने दौडमा दुईपल्टभन्दा बढी सहभागि नभए सदस्यता स्वतः खारेज हुनेछ ।
आफ्नै लागि भएकोले कडा नियमका साथ ग्रुप स्थापना गरिएको, तिम्सिनाले दाबी गरे ।
आजको रनमा ग्रुपले आफ्नै खर्चमा सहभागि १३ वर्षमुनिका बालबालिकालाई टिसर्ट वितरण गरेको थियो ।


