Follow Us

Recommended

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

1 year ago
वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र लागि तथ्यांक संकलन गर्दै

वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र लागि तथ्यांक संकलन गर्दै

2 years ago
फाेनिज प्रदेश १ काे अध्यक्षमा लामा निर्वाचित

फाेनिज प्रदेश १ काे अध्यक्षमा लामा निर्वाचित

2 years ago
फलाल्ने नासा (हाम्रो बाजुङ गाउँ) अब विश्वभर !

फलाल्ने नासा (हाम्रो बाजुङ गाउँ) अब विश्वभर !

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

‘लिम्बुवान किरात’ नामाकरण गर्न माग गर्दै फोनिज डे सम्पन्न

by सोल्टी टिभी
August 14, 2023
in समाचार
0
‘लिम्बुवान किरात’ नामाकरण गर्न माग गर्दै फोनिज डे सम्पन्न
4
SHARES
929
VIEWS
Share on FacebookShare on Twitter

कोशी नामाकरण गरेपछि भएको आन्दोलनका क्रममा पक्राउ परेकालाई पहिचानवादी आन्दोलनकर्तालाई बिना शर्त अविलम्ब रिहाइ गर्न र झुटा मुद्दा खारेजी गर्न समेत माग

बिराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले साउन २६ गते सम्पन्न छैठौं पूर्ण बैठक र २७ गते आयोजित फोनिजको २४ औँ स्थापना दिवस मूल समारोहबाट कोशी नामाकरण गरिएकोप्रति असहमति जनाउदै ‘लिम्बुवान किरात’ नामाकरण गर्न माग गरेको छ ।

त्यस्तै, कोशी नामाकरण गरेपछि भएको आन्दोलनका क्रममा पक्राउ परेकालाई पहिचानवादी आन्दोलनकर्तालाई बिना शर्त अविलम्ब रिहाइ गर्न र झुटा मुद्दा खारेजी गर्न समेत माग गरेको छ ।

त्यसैगरि, आन्दोलनका क्रममा घाइते भएका सम्पूणर्नणलाई निःशुल्क स्वास्थ्य उपचार राज्यले गर्नुपर्ने मागग समेत उसले बिराटनगरमा सम्पन्न स्थापना दिवसको अन्तिम दिन घोषणापत्र जारि गर्दै माग गरेको छ ।

पढ्नुहोस् १३ बुदे घोषणापत्र:

१. प्रदेश नम्बर १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी ‘कोशी’ नामकरण गरिएको प्रति नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पूर्ण असहमति राख्दै आएको छ । प्रदेशको नाम कोशी खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका आधारमा अविलम्ब ‘लिम्बुवान किरात’ नामाकरण गर्न यो बैठक जोडदार माग गर्दछ । न्याय, समानता र पहिचान प्राप्तिको लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति सदैव ऐक्यबद्धता व्यक्त गर्दै फोनिज प्रचारात्मक कार्यमा सदैव अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, प्रदेशको नाम कोशी खारेजीका लागि जारी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु हुने सहिद पदम लिम्बू (लाजेहाङ) प्रति भावपूर्ण  श्रद्धाञ्जली व्यक्त गर्दै सहिद परिवारप्रति फोनिज गहिरो समवेदना व्यक्त गर्दछ । आन्दोलनका क्रममा पक्राउ परेकालाई अविलम्ब बिना शर्त रिहाइ, झुटा मुद्दा खारेजी र आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूणर्लाई निःशुल्क स्वास्थ्य उपचार राज्यले गनु पर्ने र घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

२. संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारहरुसँग यो बैठक आदिवासी जनजाति समुदायका भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, प्रवद्र्धन र विकासका लागि नीतिगत तहबाटै सम्बोधन गर्न/राउन माग गर्दछ ।

३. संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले पत्रकारजन्य संस्था, सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँदै आएको अनुदान सहयोगमा वृद्धि गर्न र पालिका सरकारले स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यमहरुको संरक्षण, प्रवर्द्धन वृत्ति विकासका लागि विशेष कार्यक्रम ल्याउन यो बैठक माग गर्दछ । पहिचानको आवाज मुखरित गर्ने सञ्चार माध्यमहरुलाई सोही कारण लोककल्याणकारी विज्ञापन र अन्य सेवा सुविधामा कडाइ गर्ने, कटौती गर्ने जस्ता कार्य तत्काल रोक्न र समावेशी र समानुपातिक किसिमले विज्ञापन उपलब्ध गराउन सम्बद्ध पक्षसँग माग गर्दछ ।

४. फोनिजलगायत आदिवासी जनजाति समुदायका मातृभाषामा प्रकाशित हुने र मातृभाषामा प्रसारण हुने सञ्चार माध्यमहरुलाई बचाउन विशेष प्रोत्साहनका कार्यक्रम ल्याउन, मातृभाषाका पत्रपत्रिका वर्गीकरणमा विशेष सुविधा उपलब्ध गराउन यो बैठक माग गर्दछ ।

५. श्रमजीबि पत्रकारमाथि समाचार लेखेको लगायत विभिन्न बहानामा हुने गरेका हिंसा, आक्रमण, डर, धाक, धम्कीका घटना न्यूनीकरणका लागि यो बैठक तीनै तहका सरकार र सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गराउँदछ । साथै, पहिचानको आन्दोलनका क्रममा समाचार सम्प्रेषणको लागि सहभागी हुने सञ्चारकर्मीलाई निषेध गर्ने, विभेद् गर्ने र नश्लकै आधारमा आन्दोलनकारी नै ठानेर धरपकड गर्ने, हातपात गर्ने, थुन्ने, मानसिक र शारीरिक यातना दिने जस्ता कार्य तत्काल रोक्न यो बैठक जोडदार माग गर्दछ ।

६. श्रमजीबि पत्रकारको पारिश्रमिकको सम्बन्धमा र सञ्चार संस्थाहरुले कर्मचारी कटौती गर्दाका समयमा हुने गरेका श्रम शोषण र अन्यायको अन्त्य गर्न र तोकिएको पारिश्रमिक र कानुनअनुसार उपलब्ध हुनुपर्ने क्षतिपूर्ति समेतको व्यवस्थाका लागि यो बैठक माग गर्दछ ।

७. सरकारी तथा निजी सञ्चार माध्यमहरुमा नियुक्ति गर्दा आदिवासी जनजाति, महिला, अल्पसंख्यक, सीमान्तकृत, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समेत सहभागिता समावेशी समानुपातिक सिद्धान्तका आधारमा गर्न/गराउन यो बैठक जोडदार माग गर्दछ ।

८. आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धिका लािग आवश्यक तालिम, लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्न यो बैठक तीनै तहका सरकारहरुसँग माग गर्दछ ।
नेपाल पत्रकार महासंघका संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने तथ्यलाई आत्मसाथ गर्दै यो बैठक नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठलाई नै कायम गर्न/गराउन सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछ ।

१०. सदस्यता सुद्धीकरण अभियानको नाउँमा नेपाल पत्रकार महासंघले फोनिज र गैरफोनिज कसैलाई पनि राजनीतिक आस्था, जातीय, लिङ्गीय, क्षेत्रीय आधारमा विभेद् र निषेध नगर्न÷नगराउन साथै सदस्यताबारे पुनरावलोकनका लागि यो बैठक माग गर्दछ ।

११. मोरङ जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु विराटनगरको विराट दरबार, धिमाल जातिको उत्पत्ति थलो लेटाङको राजारानी पोखरी, बेलाबारीको कसेनीस्थित आदिवासीहरुको आस्थाको केन्द्र धनपाल गढी दरबार, कानेपोखरी ७ को कानेपोखरी, सुन्दर हरैचास्थित खोर्सानेमा अवस्थित धिमालहरुको पवित्रस्थल बाघझोडा सिमसार क्षेत्र, पथरी शनिस्चरेस्थित याक्थुङ लिम्बूहरुको सिरिजङ्गा स्मृति धार्मिक वन, आदिवासी धिमाल, थारु, राजवंशी, गनगाई, ताजपुरिया, सन्थाललगायतको महाराजथान, ग्रामथान, किरात राई समुदायको साकेला थानहरुको संरक्षण, सम्बर्धनका लागि यो बैठक जोडदार माग गर्दछ । साथै, प्रदेश नम्बर १ का सम्पूणर् धार्मिक, सांस्कृति, वन सम्पदा, जैविक विविधता, पर्यटकीय सिमसार क्षेत्रहरुको संरक्षण, सम्बर्धन र प्रवद्र्धन गर्दै आन्तरिक र बाह्य पर्यटनको विकासका लागि तीनै तहका सरकारहरुसँग यो बैठक जोडदार माग गर्दछ ।

१२. तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारका सम्बन्धमा अधिवक्ता भगवती पाण्डेले समुदायलाई नै अपराधी करार गर्ने आसयले दिएको अभिव्यक्तिपछि सिर्जित विवाद र निजलाई कानुनी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसर टेकुमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुमाथि गरेको अमानवीय व्यवहार, नियन्त्रणमा लिएर गरिएको कुटपितका घटनाका सम्बन्धमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । शन्तिपूर्ण प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाथि शक्तिको दुरुपयोग गरी निर्ममतापूर्वक कुटपिट गर्ने प्रहरी कर्मचारीहरुमाथि समेत कानुन अनुसार कारबाहीको माग यो बैठक गर्दछ । सिङ्गो समुदायलाई नै अपराधी करार गर्ने पाण्डेलाई कानुन अनुसार कारबाही गर्न यो बैठक माग गर्दछ । साथै, प्रदर्शनका क्रममा घाइते हुनुभएकी फोनिज ललितपुर शाखाकी सदस्य गोलखबर डटकममा आबद्ध शान्ति घर्तीमगरलगायत अन्य घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । पहिचानका लागि ताम्सालिङ संयुक्त संघर्ष समितिले उद्घोष गरेको आन्दोलनप्रति फोनिज ऐक्यबद्धता व्यक्त गर्दछ ।

१३. फोनिजको छैठौं पूर्ण बैठक सफल बनाउन प्रमुख अतिथिका रुपमा पाल्नु हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेता प्रेम येक्तेन, फोनिज संघीय समितिका सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ, पत्रकारजन्य विभिन्न संगठनका नेताहरु, फोनिजका विभिन्न तहका पदाधिकारी र सदस्यहरु, बैठक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने फोनिज प्रदेश नम्बर १ समिति, निःशुल्क स्वास्थ्य शिविरको सुविधा उपलब्ध गराउने जनरल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. र समन्वय गर्ने फोनिज मोरङ शाखालगायत सहयोग गर्नुहुने सम्पूणर्मा यो बैठक धन्यवाद व्यक्त गर्दछ । 

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In