शेर्पा चिरिङ । इटहरी
“आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्बाहक आदिवासी युवा” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ इटहरीको आयोजनामा २९ औ विश्व आदिवासी दिवस बृहत झाँकी र्याली तथा सांस्कृतिक कार्यक्रमसहित भव्य सम्पन्न भएको छ ।
१६ एकल जातिय संस्थाले विभिन्न झाँकी र्याली प्रस्तुत गरेको सो कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, विशिष्ट अतिथि तथा प्रमुख वक्ता नेपाल आदिवासी जनजाति महासंघ संघीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख युवराज जिरे हुनुहुन्थ्यो । नेफिन इटहरीका अध्यक्ष चिरहाङ्ग राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका मूल संयोजक चन्द्र बहादुर गोम्देन हुनुहुन्थ्यो ।
कार्यक्रमका लागि आदिवासी जनजाति युवा महासंघ, किरात फोर्स, लिम्बुवान भोलेन्टियर्स र याक्थुङ युवा मञ्चको सहयोग रहेको थियो ।