विमशॅको क्रममा साहित्यकार सरितले आफूले बालबालिकाका लागि एकादेशको कथा नलेखेर यथाथॅको धरातलमा कथाहरुको सिजॅना गरेको बताएका थिए भने अन्य सहभागी बक्ताहरुले विशेषतस् इन्द्रकुमार श्रेष्ठ सरितका बालकथामा मनोविज्ञान र मनोविश्लेषण पक्ष मुखरित हुनुका साथै बालबालिकालाई मिहिनेती र संघषॅशील हुनुपनेॅ नैतिक शिक्षा र सन्देश रहेको राम्रो पक्ष रहेको विषयमाथि प्रकाश पारेका थिए ।
“पहिचानका लागि महिला आवाज” नामक संस्थाद्वारा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका नवीनतम तीन बाल कृति बाटुली (कथासङ्ग्रह), मान्या मेरी छोरी (कथासङ्ग्रह) र जूनतारा (कवितासङ्ग्रह) माथि जुम प्रविधिमाफॅत विमशॅ कायॅक्रम सम्पन्न भएको छ ।
भुँडी पुराण प्रकाशनबाट प्रकाशित बाटुली र जूनतारा तथा अक्षरधाम प्रकाशनबाट प्रकाशित मेरी छोरी मान्या माथि भएको विमशॅ कायॅक्रमलाई प्यानल डिस्कशनको नाम दिइएको थियो । उक्त डिस्कशनमा लेखक स्वयं इन्द्रकुमार श्रेष्ठ सरित् सहित रञ्जुश्री पराजुली, छायाँदत्त नेउपाने, र ज्ञाननिष्ठ ज्ञवालीको सहभागीता रहेको थियो ।
विमशॅको क्रममा साहित्यकार सरितले आफूले बालबालिकाका लागि एकादेशको कथा नलेखेर यथाथॅको धरातलमा कथाहरुको सिजॅना गरेको बताएका थिए भने अन्य सहभागी बक्ताहरुले विशेषतस् इन्द्रकुमार श्रेष्ठ सरितका बालकथामा मनोविज्ञान र मनोविश्लेषण पक्ष मुखरित हुनुका साथै बालबालिकालाई मिहिनेती र संघषॅशील हुनुपनेॅ नैतिक शिक्षा र सन्देश रहेको राम्रो पक्ष रहेको विषयमाथि प्रकाश पारेका थिए ।

सरितको कृतिमाथि प्रकाश पानेॅ तथा शुभकामना मन्तब्य ब्यक्त गनेॅ अन्य बक्ताहरुमा साहित्यकार लक्ष्मी उप्रेती, सरस्वती श्रेष्ठ सरु, इन्द्रप्रसाद अधिकारी, चन्द्रप्रसाद अधिकारी, सुमन वाङ्देल, रश्मि शमॉ , केशव पराजुलीआदि रहेका थिए ।
संस्थाका उपाध्यक्ष अनुराधा खकुरेलको सभापतित्वमा भएको उक्त कायॅक्रममा प्रमूख अतिथिको रुपमा सम्बोधन गदैॅ प्राडा ध्रुव घिमिरेले सरितको बाल साहित्य लेखनमाथि प्रकाशपादैॅ आफ्नो धारणा राखेका थिए । संस्थाका अध्यक्ष सुधा मैनालीले कायॅक्रमको सञ्चालिका तथा मोडरेटरको भूमिका निवॉह गरेकी थिइन् ।

