बाबुराम न्यौपाने “उत्स“
साहित्य मौसमी खेती हुँदैहोइन । मानवसभ्यतामा साहित्यको बेग्लै , विशिष्ट उदेश्य र स्थान छ । निरन्तरको अध्ययन, साधना र अभ्यासलेमात्र कालजयी उत्कृष्ट साहित्यको सिर्जना हुनसक्छ । साहित्य मानव चेतनाको प्रकाश हो। यसै मेसोमा विगत चारदशकदेखि अविच्छिन्न साहित्य साधनामा तल्लीन बरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्के विषयमा केही शब्दहरु लेख्ने जमर्को गर्दैछु।
नेपाली साहित्यको फाँटमा अब सरित्ले आफ्नू सुरक्षित स्थान बनाइसकेका छन् ्। उनलाई आज साहित्यको भीडबाट खोजेर चिनाइराख्नु पर्ने अवश्था छैन । नेपाली साहित्यमा उनी चर्चित र स्थापित भैसकेका छन् । म उनलाई युवावस्थादेखि नै राम्ररी चिन्दछु र जान्दछु पनि । टोक्ला चिया कमान, झापामा युवा कर्मचारीको रुपमा सँगसँगै कामगर्दाका सुन्दर पलहरु सम्झदा हामी अझै नयाँ उर्जा भरिएको अनुभूति गरेर तरङ्गीत हुन्छौँ। चिया बगानको मनमोहक हरियाली र चियाका बान्किला बोटहरुसँग लुकामारी गर्दै हामीले एकसाथ रहरलाग्दो युवाउमेरको महवत्पूर्ण क्षण गुजारेका छौँ।
ती दिनका कैयौं रोचक प्रसंगहरु हाम्रा मनमा सुरक्षित छन्। त्यस समयमा मोबाइल त के ल्याण्डलाइन फोनसम्म थिएन। आजको जस्तो युट्युब , फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको कुरै थिएन । त्यो बेलामा यी सबै चिजको कल्पना पनि थिएन। त्यो बेलामा सिनेमा हलमा गएर सिनेमा हेर्नु मनोरञ्जनको मुख्य साधन थियो। हामी अर्थात् म, इन्द्रजी, राजन चालिसेजी, कृष्णबहादुर खड्काजी प्रायः विदाको दिन छिमेकी देश भारतको नक्सलवाडी र सिलिगुडीमा सिनेमा हेर्न जान्थ्यौँ। आवश्यक सामान र तरकारी किन्ने मुख्य बजार भारतको नक्सलवाडी, सिलिगुडी र पानीट्यांकी नै थिए । तस्बिर खिच्न आजजस्तो त्यो बेलामा सजिलो पटक्कै थिएन । त्यसैले फोटो खिच्न फोटो स्टुडियो नै पुग्नुपर्थ्यो । त्यस समयमा खिचेका तस्बिरहरू हामीसँग सुरक्षित छन् ।

त्यो बेलामा उमेरले हामी अल्लारे नै भए तापनि हामीमा आफ्नो पदीय जिम्मेवारी र दायित्वप्रति पूर्णनिष्ठा र लगनशीलता थियो । त्यही समयको एउटा गजबको प्रसंग यहाँ उल्लेख गर्देैछु । झापाको काँकडभिट्टा छेउमा अवस्थित टोक्ला चिया कमानमा कार्यरत रहँदा हाम्रो किशोरावस्थाको जल्दोबल्दो वय थियो । एकपटक फागुपूर्णिमाको दिन दिनभर रङ खेलियोस साथीहरूसँग खूब रमाइलो गरियो । हामी व्यवस्थित होली खेल्थ्यौ। उक्त दिन होली खेलिसकेपछि बगानको पश्चिम उत्तरतर्फ घैलाडुबा भन्ने सानो बजार छ, हामी त्यतैतिर लाग्यौँ । अरु समयमा पनि चिया खाजाखान कहिलेकाहीँ हामी त्यतातिर जाने गर्थ्यौँ । सबैको सल्लाह मिल्यो ताजाताजा जेरी र लड्डु खाने । इन्द्रजी र म पनि सहमत भयौँ । रमाइला कुराकानी गर्दै नास्ता चट बनायौँ । केहीबेरपछि नै मलाई चक्कर लागेझै भयो । साथीहरूलाई मैले मेरो समस्या सुनाएँ तर उनीहरुले त्यसलाई हल्का रुपमा लिए । क्षणभरपछि नै मित्र इन्द्रजीमा पनि मेरै जस्तो लक्षण देखिन थाल्यो।
कतै फुडप्वाइजन त भएन रु शङ्का लाग्यो । डर पनि लाग्यो । डाक्टर कहाँ जाने कि डेरातिर भन्नेमा दोधार भयो । हामी हतारहतार डेरातिर लाग्यौं । धेरै मुस्किलले गन्तव्यसम्म पुग्यौं । इन्द्रजी र म कार्यालय छेउको प्रबन्धक निवासमा पुगुन्जेलसम्ममा हामी अर्केै संसारको यात्रागर्ने भईसकेका थियौँ। एक्कासी रुनु, बिना प्रसंग हाँस्नुले हामी सुरक्षाकर्मी लगायत उपस्थित व्यक्तिहरुको मनोरञ्जनका पात्रमा परिणत भैसकेका थियौँ । यतिबेला सम्ममा हामीलाई अवगत भइसकेको थियो – हामीले खाएको लड्डुमा भाँङ र गाँजा मिसाइएको रहेछ भन्ने कुरा।
अरु लड्डुको स्वाद लिने साथीहरूले पनि आआफ्नो क्वार्टरमा पुगेपछि यस्तै उट्पट्याङ्ग रमाइलो गरेको खवर भोलिपल्टमात्र थाहा पायौं । हामी दुईदिनसम्म कार्यालय जान सकेनौं । भाङको धङधङी रहिरह्यो । हामी कार्यालयममा पुग्दा हामी त बगानभरि चर्चाको पात्र बनिसकेकाका रहेछौं । यो घटनाको प्रसंग उठ्दा हामी अहिले पनि रोमाञ्चित हुन्छौं, हाँसो स्वतः मुखबाट फुत्किहाल्छ । वास्तवमा भाङ सेवन गर्ने चिज हुँदैहोइन । अन्जानमा गरिएको सेवनले हामीलाई जीवनमा गतिलो पाठ सिकाएको थियो।
हामी किशोर अवस्थादेखि नै साहित्य सिर्जनामा सक्रिय थियौँ । इन्द्रजी जागिरकै सिलसिलामा राष्ट्रिय बीमा संस्थान, काठमाडौंमा स्थानान्तरण भएपछि उनको सिर्जनशीलतामा अरु सक्रियता थपिएको देखिन्छ।
वि।सं।२०१९ साल पौष १० गते बर्माको राधापुर भन्ने स्थानमा उनको जन्म भएको हो । उनका हालसम्म एकदर्जन कृतिहरु प्रकाशित भईसकेका छन्। । उनको पहिलो रचना २०३५ सालमा नयाँ संदेश पत्रिकामा छापिएको थियो। यही कविताले उनको सार्वजनिक साहित्य जीवनको नयाँ ढोका खोलेको देखिन्छ । साहित्यका विविध विधामा कलम चलाए तापनि उनी विशेषतः कथा लेखनमा अग्रणी देखिन्छन् । कथाकारकै रुपमा नेपाली साहित्यमा उनको चर्चा छ । यसो त उनले कविता, उपन्यास, गीत,गजल, संस्मरण र समीक्षा पनि प्रशस्तै लेखेका छन् तर सरित् भन्ने बित्तिकै उनको कथाकार व्यक्तित्व नै अगाडी आउँछ ।
सरित् ले नेपाली भाषा साहित्यको सेवा गरेबापत स्वर समूह पुरस्कार ९२०५५०, काजी रोशन साहित्य पुरस्कार ९२०५६०, युवावर्ष मोती पुरस्कार ९२०५८०, शङ्कर कोइराला स्मृति पुरस्कार ९२०६३०,प्रमोदराज सावित्री पाण्डे पुरस्कार ९२०७४०, चिसाप गायत्री पुरस्कार ९२०७८० आदि प्राप्त गरेका छन् । त्यसका अतिरिक्त उनी एक दजनभन्दा बढी संघसंस्थाबाट सम्मानित भैसकेका छन् । उनी आफ्ना रचनामा समाजको यथार्थ घटनालाई टपक्क टिपेर शब्दमा उन्दै कलात्मक स्वरुप दिएर जीवन्त बनाउँन खप्पिस छन् । उनका रचनाहरु यथार्थवादी एवम् प्रगतिवादी विचारधाराबाट प्रभावित रहेका छन् । पछिल्लो समयमा उनका रचनाहरुमा प्रगतिवादी स्वर नै बढी मुखरित भएको पाइन्छ ।
उनका सिर्जनाहरुमा पात्रहरू सजीव भएर बोल्छन् । उनी सामाजिक र राजनीतिक विसंगति उधिनेर पात्रहरू मार्फत परिस्थितिलाई उदाङ्गो बनाउँछन् । उनका केही रचनाहरुमा माया र प्रेमका साथै फ्रायडीय शैलीका सुषुप्त यौनमनोविज्ञानका गम्भीर भावहरु पनि प्रस्तुत भएको पाइन्छ ।
इन्द्रकुमार श्रेष्ठ सरित् नेपाली साहित्यको आकाशमा लगनशील र प्रतिभाशाली साहित्यकारको रुपमा चर्चित छन्, स्थापित छन् । उनले लेखेका यी सिर्जनाहरु नेै त्यसको प्रमाण भएर उभिएका छन ्। उनी नेपाली भाषा साहित्यको उत्थानमा मरिमेट्ने अथक साधक हुन् ।
इन्द्रकुमार श्रेष्ठ सरित् बाट नेपाली साहित्यले भविष्यमा पनि अझ उच्चकोटीका साहित्यिक कृतिहरु निरन्तर पाइरहुन भन्ने मेरो शुभकामना छ ।
०
दमक, झापा