तरहरा । थोरै नेपालीमा मात्र अरुका अरुलाई प्रशंसा गर्ने संस्कृति छ । यो दुखको कुरा भए पनि खुशीको कुरा चै, त्यसमध्ये तरहराले भने क्रमशः यो संस्कार र संस्कृतिको निर्माण गरिरहेको छ । प्रगतिशील फड्को, हाम्रो तरहरा राम्रो तरहरा अभियानले इटहरी वडा नं. २० तरहरामा देश र जनताका लागि काम गर्नेहरू (व्यावसायिक वा सामाजिक रूपमा) प्रति सम्मानका साथ मानार्थ सम्बोधन गरि प्रशंसा गर्ने अभियान थालेको छ । लामो समय कम्प्युटर ज्ञानको क्षेत्रमा तरहरालाई शिक्षित गराउदै आएका र प्राविधिक रुपमा सेवा गरिरहेका इन्टरनेशनल कम्प्युटर सेन्टर (आईसीसी), तरहराका प्रोपाइटर शम्भु घिमिरेलाई सम्मान स्वरुप कम्प्युटर गुरु भनि सम्बोधन गर्दै तरहराले उनको प्रशंसा गरेको छ ।
को हुन शम्भु ?
कम्प्युटर शिक्षा र ज्ञानले तरहरालाई अर्को तहमा पु¥याउने लक्ष्य लिएका शम्भुको शैक्षिक फड्को अनवरत यात्रा भर्खरको होईन, निक्कै लामो समयदेखिको हो । उनी खासमा स्थानीय रुपले मात्र नभई अन्तराष्ट्रियस्तरको नै फड्को मार्न परिकल्पना गरिरहन्छन् । तत्कालिन हाँसपोसा गाविस हुदाँदेखिको शम्भुको यो सपना र दृढ लक्ष्यले तरहरालाई उनी कुन तहसम्म लग्न चाहान्छन् र कति उच्च स्थानमा लग्ने लक्ष्य लिएका छन् ? भन्ने देखाउछ । उनको यहीँ उच्च लक्ष्यका लागि तरहराले उनलाई कम्प्युटर गुरुको उपमाले मानार्थ सम्मान र सम्बोधन गरेको हो ।
आखिर किन यो चर्चा ?
प्रगतिशील फड्कोले प्रोजेक्ट जनसहभागिता अन्र्तरगत शैक्षिक अभियानमा सरकारी सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकहरूलाई शिक्षण सीपको स्तरोन्नतिका लागि आधुनिक शिक्षण विधिहरू बारे प्रशिक्षण गराउदैछ । यहीँ अभियानमा पूर्णतय निःशुल्क कम्प्युटर कोर्ष पनि प्रदान गरेको छ । यो अभियान जनसहभागितमा हो । यसको अर्थ, जनताका लागि जनताले नै निःशुल्क सेवा प्रदान गर्नेछ । फड्को केवल मध्यस्थकर्ता हो ।
कम्प्युटर गुरु शम्भूले यस अभियान अन्र्तरगत श्री बाल बहुभाषि आधारभूत विद्यालय (बहुभाषि स्कुल) लाई वर्षभरि मर्मतसम्भार निस्शुल्क गरिदिने घोषणा गरेका छन् । उनले यति मात्र नभई सोही विद्यालयका दुई शिक्षकलाई शिक्षण सीपको स्तरोन्नतिका लागि आधुनिक शिक्षण विधिहरू मार्फत पूर्ण निःशुल्क कम्प्युटर कोर्स समेत गराईदिने भएका छन् । फड्को टिमको समन्वयमा कम्प्युटर गुरु शम्भु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङबिच एक आपसी सम्झौता पत्रमा हस्ताक्षर भई यसको कार्यान्वयन गरिने फड्कोका शैक्षिक विज्ञ चेत बस्नेतलाई जानकारी गराएका छन् ।
यसैबिच, सोही विद्यालयका थप दुई विद्यार्थीहरूलाई तरहरा चोक, धरान रोडमा स्थापित क्यानभास कम्प्युटर सेन्टरले पनि पूर्णरूपमा निःशुल्क कोर्ष गराईदिने भएको, फड्कोले जनाएको छ ।