नवीन गुरूङ । तरहरा
इटहरीको कहलिएको शान्ति जनकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २३ गते शनिवार २७ औं साधारणसभा हुदैछ । सहमतिमा नयाँ कार्यसमिति छनौंट नहुने पक्काभएपछि सहकारी संस्थाभित्र लाजमर्दो राजनीति शुरु हुने देखिएकोमा आमचिन्ता बढेको पाईएको छ ।
वित्तीय (अर्थ) क्षेत्र देश (समाज) र आर्थिक पाटोसँग प्रत्यक्ष जोडिनेभएकोले संस्थाको नेतृत्वमा अब्बल र सक्षम व्यक्ति रहोस् भन्ने सामाजिक शुभेच्छा भए पनि “राजनीति” र “जातीयता” हावी हुने देखिएपछि सहकारी इतिहासमा यो सबैभन्दा दुखद् र शरमलाग्दो नजिर बनिने चिन्ता सचेत वर्गले गरेका छन् ।
राजनीतिक कनेक्शनः
राजनीतिक दलका प्रतिनिधि भएर उम्मेदवारी नदिएका भए पनि अध्यक्षका प्रत्यासी इटहरी २० का चन्द्रकुमार गिरी र इटहरी ६ का मेघराज पराजुली कांग्रेसी हुन् । माविनी भनि परिचित वीरबहादुर लिम्बु एमाले र बसन्तकुमार श्रेष्ठ नेकपा एस (समाजवादी) का हुन् ।
त्यसैगरि, उपाध्यक्षमा पनि कांग्रेसकै चिन्तामणी सापकोटा र एमालेका कृष्णप्रसाद भट्टराई छन् । टंकप्रसाद पौडेलले पनि उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । संचालक सदस्यमा उम्मेदवारी दिएकाहरु पनि प्रायः एमाले र कांग्रेस आवद्ध छन् । चाखलाग्दो पक्ष त, सरकारी तलबसुविधा लिएकाले पनि उम्मेदवारी दिएका छन् ।
आर्थिक लाभ हुने जतिका सबै पद भेटे र पाएसम्म नछाड्ने र तलब वा, भत्ता सुविधामा र्याल काड्ने मानसिकगरिबदेखि सबै पदमा मै हुनुपर्छ भन्ने मनोरोग नेपाली समाजमा छ । विडम्बना ! शान्ति जनकल्याण पनि यसबाट अछुतो रहेन । इटहरीका प्रायः सबै संघसंस्था चारेका वा, हाल पनि त्यहाँका पदभार गरेका धेरै अनुहारले उम्मेदवारी दिएका देखिन्छन् ।
निर्वाचन अधिकारी दोर्णबहादुर न्यौपानेले यससम्बन्धी दावीविरोधको समयावधीमा कसैको विरोध नपरेकोले निर्वाचन अधिकारीको कार्यालयले दर्ताभएका नामहरु अघि बढाएको जानकारी दिए ।
परन्तु, सहकारी विभागले १२ जेठ, २०७९ मा गरेको निर्णयले सरकारी तलबसुविधा लिएकाहरुमाथि छानविन हुने र निर्णयविपरीतको नतिजा रद्ध हुने उपमहानगरपालिका सहकारी विभागले जनाएको छ ।
एकै प्रकृतिका सहकारीका उम्मेदवारका पनि अन्य कतै पदाधिकारी छन् भने यहीँ नियम लागू हुनेछ ।
पैसैपैसा : संस्थालाई भार, पदाधिकारी मालामाल !
अध्यक्षको मासिक तलब १५ हजार छ र (मासिक) निश्चित जसो बस्ने बैठक भत्ता १५ सय छ । उपाध्यक्ष चन्द्र कुमार गिरी (हालः अध्यक्ष पदका उम्मेदवार) लाई पनि साधारणसभाबाट पारित गरेर यसै कार्यकालबाट मासिक ५ हजार तलब छ ।
त्यस्तै, संचालक सदस्यलाई बैठकभत्ता १५ सय छ । उप समितिको संयोजक वा सदस्य भए त्यसको बैठक भत्ता १२ सय छ ।
खर्च यतिमा नै सिमित छैन्, सहकारी पसल (कोप) संचालनका लागि बनाइएको उपसमितिलाई पनि बैठक भत्ता १२ सय छ ।
यद्यपी, दुईजना कर्मचारी राखेर नाफै नहुने बिजनेस गरेका शान्तिले हालः एकजना कर्मचारीलाई मात्र कोपको जिम्मेवारी दिएर अर्कालाई चै रकम बृद्धि गरेर वित्तीय संस्थामा जिम्मेवारी दिईएको, शान्ति आवद्ध एक सुत्रले जानकारी दिएका छन् ।
हेर्नुहोस् उम्मेदवारहरुका नामावली (यहाँ क्लिक गर्नुहोस् ।) :
कुन पार्टी निकट ? र, कस्ता छन् अध्यक्षका दावेदार ?
चन्द्र कुमार गिरी ः
नेपाल रेडक्रस सोसाईटी हाँसपोसा शाखामा दुई कार्यकाल अध्यक्ष भएका कांग्रेसी चन्द्र बहादुर गिरी शान्ति जनकल्याणका वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।
यिनी यस्ता भाग्यमानी हुन् कि, यसअघि उपाध्यक्षले नपाएका सुविधा यिनले पाएका छन् । यिनकै पालाबाट उपाध्यक्षलाई पनि मासिक पाँच हजार तलब प्रदान गरिएको हो ।
थप रसिलो पक्ष, उनी शान्तिका प्रायः उपसमिति वा कार्यक्रमका संयोजक छन् । ऋण समितिको संयोजक, कोपको संयोजक मात्र नभई अध्यक्षका उम्मेदवार चन्द्र आफै साधारण सभाका कार्यक्रम संयोजक पनि छन् ।
उपाध्यक्षका रुपमा मासिक पाँच हजार पाईरहेका भाग्यमानी चन्द्रले बैठक भत्ता १५ सय र उपसमितिका संयोजकका रुपमा १२ सय रुपैयाँ पनि थप बैठक भत्ता पाउछन् ।
अध्यक्ष पदमा विजयी हासिल गरे यिनले अध्यक्षले पाउने मासिक १५ हजार (यदि यो साधारणसभाले थप वृद्धि नगरे) पाउनेछन् ।
बसन्त कुमार श्रेष्ठ ः
सहमतिको नाँऊमा यसअघि टिकादत्त वन र वमबहादुर न्यौंपानेलाई अध्यक्ष पद त्यागेको दावी गर्ने नेकपा समाजवादी (एस) आवाद्ध (यसअघि एमाले) बसन्त कुमार श्रेष्ठ वित्तीय क्षेत्रमा तुलनात्मक रुपमा दखल भएका उम्मेदवार मानिए पनि चुनावी प्रक्रियमा गई गणीतिय खेल शुरु भईसकेको अवस्थामा नतिजा बसन्तको पक्षमा आउछ या आउदैन् ? अहिलै भन्न हत्तारो हुनेछ ।
तथापि, यसअघि शान्ति जनकल्याणमा भएको निर्वाचनमा २०६१ माघमा बसन्त उपाध्यक्ष पदमा विजयी भएका थिए । त्यसबेला, उपाध्यक्षले मासिक पाँच हजार तलब पाउदैनन् थिए ।
पूर्व उपाध्यक्ष, ऋण समितिका संयोजक समेत रहेका बसन्त हाल सल्लाहकार बसन्तले सल्लाहकारका रुपमा नियमित नभई बैठक हुदाँ सो वापतको भत्ता १५ सय पाउछन् । वार्षिक रुपमा औंसत (न्यूनतम बैठक हुदाँ) तिनपटक बैठकमा उपस्थीत भए १५ सयको दरले ४५ सयसम्म पाउने देखिन्छ ।
वीर बहादुर लिम्बु ः
प्रसिद्ध तालतलैयाँ इटहरीका अध्यक्ष रहिसकेका माविनी भनि परिचित वीर बहादुर लिम्बु एमाले निकट हुन् ।
मावि निरिक्षकका रुपमा पहाडी भेगमा अब्बल प्रफमेन्स दिएका वीर बहादुरले शान्ति जनकल्याणको नेतृत्व लिएर सफल सामाजिक जीवन अवतरन गर्ने भनि अठोट लिएको बताउने गरेका छन् ।
जनसहयोग विद्यालयका पूर्व प्रमुख (प्रिन्सिपल) कमला सुब्बा (लिम्बु)का श्रीमान् वीर बहादुरले आफूले नेतृत्व गरेका संघसंस्थालाई अब्बल रुपमा हाकेको चर्चा भईरहदाँ चुनावी प्रक्रियमा गई गणीतिय खेल शुरु भईसकेको अवस्थामा नतिजा बसन्तको पक्षमा आउछ या आउदैन् ? अहिलै भन्न हत्तारो हुनेछ ।
सल्लाहकारका रुपमा नियमित नभई बैठक हुदाँ सो वापतको भत्ता १५ सय पाउछन् । वार्षिक रुपमा औंसत (न्यूनतम बैठक हुदाँ) तिनपटक बैठकमा उपस्थीत भए १५ सयको दरले ४५ सयसम्म पाउने देखिन्छ ।
मेघराज पराजुली ः
नेपाल जेसीज इटहरीका पूर्व अध्यक्ष समेत रहेका मेघराज नेपाली कांग्रेस आवद्ध हुन् । शालीन र सकारात्मक मेघराज चार उम्मेदवार मध्ये सबैभन्दा पहिले शान्ति जनकल्याणका शेयरसदस्य लिने उम्मेदवार हुन् । इटहरी वडा नं. ६ का मेघराज सहमतिको पक्षधर भएता पनि अन्ततः त्यो प्रयास असफल भएपछि चुनावमा होमिएका, बजारमा चर्चा छ ।
सल्लाहकारका रुपमा नियमित नभई बैठक हुदाँ सो वापतको भत्ता १५ सय पाउछन् । वार्षिक रुपमा औंसत (न्यूनतम बैठक हुदाँ) तिनपटक बैठकमा उपस्थीत भए १५ सयको दरले ४५ सयसम्म पाउने देखिन्छ ।