तरहरा, इटहरी (प्रदेश १) । इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा चोक र बजारको मुख्य पुलबाट उत्तर रहेको सामाजिक संजालमा हाल भाईरल अचम्मैको पुल र त्यसबाट उत्पन्न समस्या बारे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) र गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सुनसरी २ (क) बाट १ नं. प्रदेशसभा सदस्यमा निर्वाचित संविधानसभाका पूर्व सदस्य समेत रहिसकेका प्रदेशसभा सदस्य रेवती रमण भण्डारीको ध्यानाकर्षण भएको छ ।
भण्डारी पदाभार नसम्हाल्दै आफ्नो क्षेत्रको यो समस्या बारे बुझ्न पुल अनुगमनमा आउदैछन् । सामाजिक संजालमा भाईरल बनाईएपछि ध्यानाकर्षण भएको हो ।
यसका लागि गुरुङ सोल्टीले आवाज उठाएका थिए ।
“बनेको मिति, कहाँको बजेटमा कुन प्राविधिकले बनाए ? यसबारे माननीय ज्यू (सभासद भण्डारी) ले चासो लिनुभएको छ ।”, इटहरी उपमहानगरपालिकाका पूर्व उपप्रमुख (उपमेयर) लक्ष्मी गौंत्तमले भन्नुभयो, “उहाँ पुलको अवस्था बारे बुझ्न र के गर्न सकिन्छ ? त्यसबारे छलफल गर्न आउनुहुनेछ ।” साथमा, गौंत्तम समेत आउने बुझिएको छ ।
यसअघि, भण्डारीले नै इटहरी उपमहानगरपालिका वडा नं. १७ विशनपुरको सिसौं घारीलाई व्यवस्थीत गरि त्यहाँ मदन भण्डारी पार्क निमार्णका लागि पहल गर्ने बताएका थिए ।


