सोल्टी टिभी सुनसरी ब्युरो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सुनसरी २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित संविधानसभाका पूर्व सदस्य समेत रहिसकेका प्रदेश सभा सदस्य नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती रमण भण्डारी पदाभार नसम्हाल्दै आफ्नो क्षेत्रलाई सम्बृद्ध बनाउन तर्फ लागेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. १७ विशनपुरको सिसौं घारीलाई व्यवस्थीत गरि त्यहाँ पार्क निमार्णका लागि पहल गर्ने भण्डारीले बताएका हुन् ।
संविधान मयौदा समितिका सदस्यसमेत रहेका भण्डारी कानुनी विज्ञ पनि हुन् । अधिवक्ता समेत रहेका भण्डारीले सन् २०१३ को नेपालको संविधानसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) बाट सुनसरी–२ बाट विजय प्राप्ति गरेका थिए ।
अख्तियारका पूर्व प्रमुख लोकमानसिंह कार्कीविरुद्धको संसद महाअभियोग सिफारिस समिति (आइआरसी) ले गठन गरेको उपसमितिमा नेकपा एमालेको तर्फबाट भण्डारी सदस्य थिए ।
नेपाल ल क्याम्पसमा अध्ययान गरेका भण्डारी बौद्धिक र तार्किक छन् । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार बन्दा उनी सम्भावित मन्त्री हुन् । उनले आफ्नो राजनीतिक जीवन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षका रूपमा सुरु गरेका थिए । ततःपश्चात, क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा सन् १९९८ मा अनेरास्ववियुको प्रतिनिधित्व गरेर जिम्मेवारी सम्हाले । उनीसन् १९९७ मा इटहरी नगरपालिकाको उपमेयर समेत थिए ।
सन् २००७ मा एमाले सुनसरी जिल्ला शाखाको सचिव बनेर पार्टीमा महत्वपूर्ण योगदान दिएका भण्डारीलेसन् २००९ देखि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सन् १९६४ मा पूर्वी नेपालको तेह्रथुममा जन्मेकी भण्डारीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।