काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राई विरुद्ध नेपाल प्रहरीले चलाएको साईवर मुद्धाको कारबाही कानुन विपरित भएको भन्दै प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र पर्ने मुद्धा काउन्सिललाई हेरिदिन मंगलबार आग्रह गरेको छ ।
मंगलरबार सरकारी वकिलको कार्यलय बबरमहल पुगेर सहन्यायधिवक्ता अच्यूचकृण न्यौपानेलाई भेटी काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य दिपक पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतले सो आग्रह गरेका हुन् ।
भेटमा उनीहरुले पत्रकार राईको मिडिया आधिकारिक रुपमा प्रेस काउन्सिलमा दर्ता भएर सञ्चालनमा रहेको तथ्य राख्दै आधिकारिक ढंगबाट सञ्चालित मिडियामा आएको सामाग्रीलाई लिएर प्रहरीले कारबाही अघि बढाउनु उचित नभएको बताए ।
मिडियामा आएको कन्टेन्टको विषयमा चित्त नबुझेमा त्यसविरुद्धको समाधान खोज्ने बाटो प्रेस काउन्सिलको भएको उनीहरुको भनाई छ ।
भेटमा कासिल अध्यक्ष बस्नेतले भने, ‘काउन्सिलले गरेको कारबाही चित्त नबुझे अदालती प्रक्रियामा जाने वा अन्य निकायमा जाने बाटो खुला छ । तर यस्तो कानुनी व्यवस्था विपरित साईबर क्राईम अन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई तर्साउन खोजिराखिएको छ ।,’ भेटमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले भने, यस्तो हुनु ठिक होईन ।,’
पछिल्लो पटक साईबर क्राइम अन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई श्रृङ्लावद्ध पक्राउ गर्ने क्रम बढिरहेकोमा उनले चिन्ता व्यक्त गर्दै यसले देशको लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतामाथि नै आघात पुग्ने बताए ।
बस्नेतले काउन्सिलले उचित कारबाही गरेपछि गल्ति गर्ने पत्रकारहरु स्वयं पेशाबाट अलग्गिनु परेको तथ्यसमेत रहेको बताउँदै प्रहरीले जुनसुकै विषयलाई पनि साईवर क्राइम अन्तर्गत अघि बढाउनु उचित नभएको बताए ।
महासंघका महासचिव रोशन पुरीले पत्रकार राईको विषयमा प्रहरी संगठनभित्रैका एक अधिकृतको व्यक्तिगत रिसिवि पनि जोडिएको जानकारीमा आएको उल्लेख गर्दै एक जना व्यक्तिको कारण सिंगो संगठनलाई बद्नाम गराउने गरी प्रहरी लाग्न नहुने बताए ।
पत्रकारका नेतृत्वदायी संस्थाहरुलाई जवाफ दिँदै सहन्यायधिवक्ता न्यौपानेले यस बारे सम्पूर्ण विवरण आफू मातहत आएपछि मात्र केहि भन्न सकिने बताए ।
पत्रकार राईलाई आफैंले सञ्चालन गरेको अनलाईन पत्रिकामा प्रकाशित भएको समाचार र भिडियोकोे विषयलाई लिएर शनिबार प्रहरीको साईबर व्यूरोले गाइघाटबाट पक्राउ गरी काठमाण्डौ पु¥याएको छ ।
हाल उनलाई साईबर व्यूरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ ।
पत्रकार राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), किराँत राई पत्रकार संघ लगायतले विज्ञप्ति जारी गरेका छन् ।