• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार

      बाजुङका ४२ विद्यार्थीलाई मिलन फउण्डेसनको अक्षयकोषबाट छात्रावृत्ति वितरण

      सोल्टी टिभी by सोल्टी टिभी
      November 14, 2022
      in समाचार
      0
      बाजुङका ४२ विद्यार्थीलाई मिलन फउण्डेसनको अक्षयकोषबाट छात्रावृत्ति वितरण
      21
      SHARES
      2.1k
      VIEWS
      Share on FacebookShare on Twitter

      पर्वत : मिलन फाउण्डेसनद्धारा पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा रहेको महेन्द्रशिखरी माध्यमिक विद्यालयका ४२ जना विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको छ । ‘नरबहादुर गुरुङ स्मृति अक्षयकोष’ मा रहेको साढे दुई लाख रुपैयाँको ब्याजबाट विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको हो ।

      मिलन फाउण्डेसनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, कृषि, भौतिक पूर्वाधार लगायतका सामाजिक सेवामा सक्रियताका साथ काम गर्दै आइरहेको छ ।

      बाजुङमै जन्मिएर हाल हङकङमा रहँदै आएको दुर्गा घोताने गुरुङ ‘मिलन’ ले मिलन फाउण्डेसन स्थापना गरेका हुन् ।

      देश बाहिर रहे पनि देशभित्रका विभिन्न कार्यक्रममा सघाउँदै आएका उनले पर्वत जिल्ला सहित देशका अरु जिल्लामा पनि आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् ।

      आफ्नो एकल लगानीमा सामाजिक सेवामा सक्रिय रहँदै आएका उनले आफ्नो कमाईको रकमलाई नै सामाजिक रुपमा खर्चिने गरेका हुन् । सोही अनुसार आफ्नै गाउँको विद्यालयमा विभिन्न सहयोग गरिरहेको साना बालबालिकाहरुको अध्ययनमा सघाउनको लागि अक्षयकोषको स्थापना गरिएको गुरुङले बताए ।

      सोमबार विद्यालयमा आयोजना गरिएको छात्रावृत्ति वितरण कार्यक्रममा ‘मिलन ग्रुप अफ नेपाल’ अन्तर्गतको संस्था मिलन फउण्डेसनकी अध्यक्ष तथा समाजसेवी दुर्गा गुरुङकी धर्मपत्नी गंगाकुमारी गुरुङले विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरेकी हुन् । हाल हङकङमा रहँदै आएकी गुरुङ गाउँमा आएको अवसर पारेर विद्यालयले अक्षयकोषका स्थापनाकर्ताकै हातबाट छात्रावृत्ति वितरण गरेको हो ।

      सो अवसरमा बोल्दै फउण्डेसनकी अध्यक्ष गुरुङले अक्षयकोषलाई विद्यालयले राम्रो सदुपयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यविधि अनुसार अगाडि बढीरहे आगामी दिनमा पनि थप आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन् ।

      ‘देशका विभिन्न जिल्लामा हामीहरुले विभिन्न तरिकाले सेवा गर्दै आइरहेका छौँ । आफ्नै गाउँको विद्यालयमा अक्षयकोष स्थापना गर्दा आर्थिक समस्यामा परेका तथा आफ्नै गाउँका साना भाईबहिनीहरुले शैक्षिक सामग्री जुटाउन समस्या नहोला भनेर सोचिएको थियो । विद्यालयले सोही अनुसार गरिरहेको छ,’ उनले भनिन, ‘यसरी नै कार्यबिधि अनुसार अक्षयकोषलाई अगाडि बढाउँदै लैजानु होला । आगामी दिनमा पनि यो कोषमा वा अन्य कुनै तरिकाले थप सहयोग गरेर यहाँहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

      यस्तै कार्यक्रमा बोल्दै विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष वीर बहादुर किसान र बाजुङ शैक्षिक प्रतिष्ठानका अध्यक्ष मनबहादुर क्षेत्रीले समाजसेवी गुरुङले विद्यार्थीको हितको लागि गरेको सहयोगको प्रसंसा गरे ।

      आर्थिक समस्यामा रहँदा शैक्षिक सामग्रीहरु जुटाउन नै समस्या भोगिरहेका बालबालिकाहरुको अध्ययनमा छात्रावृत्तिले सघाएको भन्दै उनीहरुले ‘मिलन ग्रुप अफ नेपाल’ बाट आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिएको उनीहरुले बताए ।

      विद्यालयका प्रधानाध्यापक याम पौडेलले समाजसेवी गुरुङले जस्तै गाउँका अन्य अभिभावकहरुले विद्यालयलाई सघाएमा बालबालिकाहरुलाई सहज हुने बताए ।

      कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक, विद्यार्थी सहित स्थानीयको पनि सहभागिता रहेको थियो ।

      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष मानबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक शारदा अधिकारी र सञ्चालन शिक्षक कृष्णराज सुवेदीले गरेका थिए । सोही अवसरमा फउण्डेसनकी अध्यक्ष गुरुङलाई विद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In