सुनसरी । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिका केन्द्रीय उपाध्यक्ष लक्ष्मण गुरुङले दोस्रो अन्तर्राष्ट्रिय तमु सम्मेलन स्थल देन्ताम, सिक्किममा अन्तर्राष्ट्रिय तमु (गुरुङ) समुदायलाई स्वागत गर्न आयोजक तयार रहेको बताउनुभएको छ । सोल्टी टिभीसँग प्रदेश १, सुनसरीको इटहरीमा आज बिहान विशेष कुराकानी गर्दै तमु समुदायको अग्रणी अभिभावक समेत रहनुभएका उपाध्यक्ष गुरुङले आयोजकको तर्फबाट पाहुनाको स्वागत, सत्कार एवम् आतिथ्यका लागि आयोजक र व्यवस्थापकले सम्पूर्ण तयारी पुरा गरिसकेको बताउनुभएको छ ।
नेपालसहित, अष्ट्रेलिया, भारत, भुटान्, म्यानमार (बर्मा), बेलजियम लगायतका देशहरुका प्रतिनिधि आउने पक्का भईसकेको छ । आदरणीय व्यक्तित्व शेष घले विशेष अतिथिका रुपमा आउदै हुनुहुन्छ ।, उपाध्यक्ष गुरुङले भन्नुभयो, र, सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोले प्रमुख अतिथिको रुपमा सम्मलेनको शोभा बढाउन आतिथ्य ग्रहण गर्नुहुनेछ ।
उहाँको अनुसार, नेपालको मनाङ, मुस्ताङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, धादिङ, गोरखा, तनहुँ, डोल्पा, चितवन, संखुवासभा, ताप्लेजुङ, रसुवा, तेह्रथुम, इलाम, पाँचथर, सुनसरी, मोरङ, झापा, धनकुटा, पाख्रिबास, काठमाडौं, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट प्रतिनिधिहरु आउने आयोजकको अपेक्षा छ ।
अन्तर्राष्ट्रिय तमु ९गुरुङ० सम्मेलन गेजिङ जिल्लाको देन्ताममा आयोजना गर्ने निर्णय भएको थियो ।
यस वर्षको अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन सिक्किममा आयोजना गरिने प्रस्ताव सिलगढीमा सम्पन्न सभाले पारित गरेको थियो ।
गुरुङहरू मध्य नेपालमा हिमालय पर्वतको दक्षिणी भेगमा बस्ने पहाडी जाति हुन् । उनीहरूको आफ्नै भाषामा, तिनीहरूले आफूलाई तमु (टा भनेको गर्जन, मु आकाशको प्रतीक) भन्छन् ।