Follow Us

Recommended

वरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ सरित् बारे, मेरो अनुभूति

सरितका तीन बाल कृतिमाथि जुममा अन्तरंग छलफल कायॅक्रम सम्पन्न

7 months ago
दमकबाट शुरु भयो एडभेन्चर इक्युप्मेन्ट : प्रदेशमै पहिलो

दमकबाट शुरु भयो एडभेन्चर इक्युप्मेन्ट : प्रदेशमै पहिलो

2 years ago
फोनिजका सहसचिव पत्रकार गच्छदार नगदसहित सम्मानित

फोनिजका सहसचिव पत्रकार गच्छदार नगदसहित सम्मानित

1 year ago
किन पाल्छन् सुँगुर ? के भन्छन् कृषक ? सुनौं

किन पाल्छन् सुँगुर ? के भन्छन् कृषक ? सुनौं

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, September 27, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार गफै त हो !

अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

by सोल्टी टिभी
October 6, 2022
in गफै त हो !
0
अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

“विश्वका आफ्ना गुरुङ समुदायलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो ।”, गुराँसका अध्यक्ष पीएम गुरुङ भन्नुहुन्छ, “यसकारण यो सम्मेलन ऐतिहासिक हुनेछ ।”

सुनसरी । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिका महासचिव डम्बरबहादुर गुरुङले दोस्रो अन्तर्राष्ट्रिय तमु सम्मेलन स्थल देन्ताम, सिक्किम जानका लागी असोज २४ गते का दिन काकरभिट्टा नाकामा बिहान १० बजेसम्ममा पुगिसक्न अनुरोध गर्नुभएको छ । देशैभरिका तमु गुरुङ सहभागि हुने अन्तर्राष्ट्रिय तमु सम्मेलनमा जान सहज होस् भनि यो अनुरोध गरिएको हो ।

महासचिव गुरुङका अनुसार, काकरभिट्टा नाकामा परिषर्दको झापा जिल्ला कार्यसमितिको नेतृत्वमा हनुमान मन्दिर नजिक २३ गतेदेखि नै सम्पर्क केन्द्र रहनेछ । सो केन्द्रले २३ गते बेलुका नै काकरभिट्टा नाकामा पुग्नेका लागि खाना र बास बस्नका लागि होटेल तथा लजको व्यवस्थापनमा सहयोग गर्नेछ । तर, सेवा शुल्क बने सेवागह्रीले नै तिर्नु पर्नेछ ।

२४ गते बिहान ६ बजेदेखि सम्पर्क केन्द्रबाट सहभागी हुनुहुने प्रतिनिधिहरुलाई झापा जिल्ला समितिको तर्फबाट खदा तथा चियापानले स्वागत गरिनेछ । र, त्यहाँबाट आयोजकको तर्फबाट उपलब्ध गराइएको प्रतिनिधि कार्ड, ब्याग लगायतका सामग्री प्रदान गरिनेछ ।

उहाँको अनुसार, त्यहीँबाट आयोजकको तर्फबाट देन्तामसम्म जाने बसको व्यवस्थापन हुनेछ । सिक्किम (भारत) का लागि चाहिने भारतीय रुपैयाँ सोही सम्पर्क केन्द्रमा नै सटाहीको व्यवस्था छ ।

महासचिवले तोकिएको समय दिउँसो ११ बजे भित्रमा यात्रा गर्नुहुन सबै प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएका छन् । उहाँको अनुसार, बस छुटेमा वा सो समयपछि आउने महानुभावहरुले सम्मेलनस्थलसम्मका लागि यात्राको व्यवस्थापन आफैले गर्नुपर्नेछ ।

उहाँले यात्रुले साथमा आफ्नो नागरिकता वा लाइसेन्स अथवा पासपोर्ट राख्न समेत अनुरोध गर्नुभएको छ । साथै भारत प्रवेश गरिसकेपछि नेपाली सिम नचल्ने भएकोले सामुहिक रूपमा आयोजकको निर्देशनानुसार यात्रा गर्न महासचिवको अनुरोध छ ।

कार्यक्रम स्थलको मौसम चिसो भएकोले सोही अनुसारको आफ्नो बन्दोबस्ती गर्न समेत महासचिवले आग्रह गर्नुभएको छ ।

परिषर्दका तर्फबाट महासचिवले सुखद यात्रा र उत्साहप्रद सहभागिताको लागि कामना गर्नुभएको छ ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिका महासचिव डम्बरबहादुर गुरुङसँगको सम्मेलन सम्बन्धीको कुराकानी सोल्टी टिभी डट कम, सोल्टी टिभी (युट्यूब च्यानल) र स्वादेश नेपाल डट कमले निरन्तर प्रकाशन एवम् प्रसारण गरिरहनेछ ।

झापामा सम्पर्क गर्नका लागि (यस तल) ब्यानरमा रहेको फोन नम्बरमा दिईएको छ ।

सिक्किमको देन्ताममा हुने अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन तयारी लगभग पुरा

गान्तोक । सिक्किमेली गुरुङ (तमु) समुदायमा शीर्ष समिति गुरुङ एसोसिएसन अफ् सिक्किमका अनुसार, गेजिङ जिल्लाको देन्ताममा आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय तमु सम्मेलनको तयारी तिव्र पारिएको छ । मुख्यमन्त्री प्रेम सिंह गोलेसँग मिन्तोगाङमा भेटघाट गरेर गुराँसका अध्यक्ष पीएम गुरुङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले सम्मेलनका लागि सहयोग मागेका थिए ।

“हामी देश विदेशका गुरुङ (तमु) समुदायका प्रतिनिधिहरुलाई स्वागत गर्नका लागि तम्तयार छौं ।”, गुराँसका अध्यक्ष पीएम गुरुङले सोल्टी टिभीसँग भने, “यसका लागि उहाँहरुलाई व्यवस्थीत रुपमा खान, बस्न र आवश्यक अन्य सुविधाहरु तयारी लगभग गरिसकेका छौं ।”

अन्तर्राष्ट्रिय तमु (गुरुङ) सम्मेलन गेजिङ जिल्लाको देन्ताममा आयोजना गर्ने निर्णय भएको थियो ।

यस वर्षको अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन सिक्किममा आयोजना गरिने प्रस्ताव सिलगढीमा सम्पन्न सभाले पारित गरेको थियो ।

“सिक्किमेली गुरुङ समुदायको निम्ति यो सम्मेलन अविस्मरणीय हुने” गुराँसका अध्यक्ष पीएम गुरुङले बताए ।

“विश्वका आफ्ना गुरुङ समुदायलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो ।”, उनले भने, “यसकारण यो सम्मेलन ऐतिहासिक हुनेछ ।”

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

नबिन कुमार चौधरी अध्यक्ष रहेको उम्मेदवारको प्रतिबद्धता
गफै त हो !

नबिन कुमार चौधरी अध्यक्ष रहेको उम्मेदवारको प्रतिबद्धता

March 28, 2023
पितृको सम्झनामा मानवसेवा आश्रममा खाना
गफै त हो !

पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

August 15, 2022
फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने
गफै त हो !

फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

August 15, 2022
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In