Follow Us

Recommended

एक आर्दश राजनीतिज्ञ, युवा नेता चरण गुरुङ

एक आर्दश राजनीतिज्ञ, युवा नेता चरण गुरुङ

2 years ago
राजेन्द्र लिङ्देनको स्पष्टीकरणः निर्मल निवासको भूमिका छैन

राजेन्द्र लिङ्देनको स्पष्टीकरणः निर्मल निवासको भूमिका छैन

2 years ago
गुरुङ समुदायको सम्बृद्धि प्रति कटिबद्ध : मुख्यमन्त्री पिएस गोले

गुरुङ समुदायको सम्बृद्धि प्रति कटिबद्ध : मुख्यमन्त्री पिएस गोले

1 year ago
शान्तिमा “राजनीतिक” अशान्ति !

शान्तिमा “राजनीतिक” अशान्ति !

11 months ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

निर्वाचन अचारसहिता पालना गर्ने गराउने विषयमा संचारकर्मीसंग छलफल

by सोल्टी टिभी
September 30, 2022
in समाचार
0
निर्वाचन अचारसहिता पालना गर्ने गराउने विषयमा संचारकर्मीसंग छलफल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सुकदेब चौधरी । इनरुवा

सदरमुकाम इनरुवामा अगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अचारसहिता २०७९ बारेमा सुनसरीका संचारकर्मीसंग छलफल गरिएको छ । जिल्ला प्रशसन कार्यालय र निर्वाचन कार्यालयले शुक्रबार निर्वाचन आयोगबाट जारी भएको अचारसहिताको आ–आफ्नो क्षेत्रबाट पालना गर्ने गराउने विषयमा संचारकर्मीसंग अन्तरकृयात्मक छलफल गरिएको हो ।

सरकारले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी गरेको र आयोगले त्यसका लागि निर्माण गरेको आचार संहिताको बारेमा संचारकर्मीहरुलाई जानकारी दिन अन्तरकृया र छलफल गरेको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । यो आचार संहिता लागू भएकाले सबैले कार्यान्वयन गर्नुपर्ने र संचारकर्मी तथा सञ्चारमाध्यमहरुले त्यसमा बढी निगरानी गर्नुपर्ने पौडेलले जानकारी दिए ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले निर्वाचन अचारसहिताको बारेमा जानकारी दिनुहुदै निर्वाचनको पूर्व, निर्वाचनका दिन र निर्वाचन पछि मतगणनासम्ममा पालन गर्नुपर्ने आचारसंहिताका बारेमा अभिमुखिकरण समेत गराउनुभएको थियो ।

छलफल कार्यक्रममा संचारकर्मीहरुले निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाधलीरहित बनाउनका लागि संचारकर्मीलाई निर्वाद रुपमा समाचार संकलनको बतावरण निर्माण गर्नुपर्ने, संचारकर्मी र संचारमाध्यमले उठाएका सवालमा ध्यान दिई कार्वाही प्रकृया अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक प्रभु प्रसाद कढालले शान्ती सुरक्षाका लागि नेपाल प्रहरीले पूर्ण प्रतिवद्ध भएर काम गर्दै आएको र गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले अचारसहिताको बारेमा जानकारी दिएर मात्रै नहुने भन्दै कार्यान्वयन गर्नुपर्ने र संचारकर्मीलाई निर्वाचनको सबै प्रकृयामा निर्वाद रुपमा समाचार संकलनको वतावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश १ का पूर्व सदस्य दोय जयकृष्ण यादव र शशी कोईरालाले पत्रकारहरु अचारसहिताको पालना गर्न प्रतिवद्ध रहेको तर सरकारी तवरबाट पनि त्यसको पूर्ण पालना गराउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा पत्रकार शालीग्राम पाण्डे, सुकदेव चौधरी, अर्जुन सुवेदी, सुनिल चौधरी, कृष्ण बहाव, नविन गड्तौला सहितकाले अचारसहिताको बारेमा जानकारी पाएको बताउदै सबै पक्ष र निकायले आआफ्नो ठाउँबाट कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयले यसअघि दलहरुसँग आचार संहिताको बारेमा छलफल गरेको थियो ।

कार्यक्रममा दिएको जानकारी अनुसार असोज २० गते निर्वाचन अधिकृतको कार्यालय संचालनमा आउने र जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचार संहिता अनुगमन समिति बन्नेछ ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In