"वैदिक र पुर्ववैदिक कालदेखि नै प्रकृति र मानवको खोज गरि योग, प्राकृतिक चिकित्सा, आयुर्वेद जस्ता ज्ञान विज्ञानले मानिसको स्वास्थको रक्षा गरेको देशमा यस क्षेत्रसँग आवाद्ध/सम्बद्ध भई जीवन समपर्ण गरेका र जिन्दगी नै आहुती दिएका, आयुर्वेद चिकित्सक, आयुर्वेद स्वास्थ्यकर्मी, कबिराज, वैध, आयुर्वेद औंषधी स्वास्थ्य व्यवसायी र समग्र आयुर्वेद क्षेत्रको पेशागत र व्यवसायीक सुनिश्चिता र सुरक्षित भविष्य र सम्बृद्धिका लागि सरकारबाट आवश्यक कदम चालियोस् भनि समन्वयकारी भूमिका र पहल कदमी खेल्न यो संगठन स्थापना भएको हो ।"
काठमाडौं । समग्र आयुर्वेद क्षेत्रको पेशागत र व्यवसायीक सुनिश्चिता र सुरक्षित भविष्य र सम्बृद्धिका लागि भन्दै आयुर्वेद व्यवसायीहरुको केन्द्रीय छाता संगठनको रुपमा प्रदेश १ सुनसरी इटहरी उपमहानगरपालिकाका वैध जगत बहादुर भट्टराईको नेतृत्वमा १५ सदस्यीय राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल तदर्थ कार्यसमिति समेत गठन भएको छ ।
एशोसिएसनमा वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत छन् । त्यस्तै उपाध्यक्षमा बालगोपाल श्रेष्ठ र महिला तर्फ उपाध्यक्षमा निर्मला खत्री चयन भएकी छिन् । महासचिवमा भने हृदय नारायण चौधरी रहेका छन् ।
त्यसैगरी सचिवमा नारायण खतिवडा, महिला सचिव तर्फ सरिता भण्डारी, कोषाध्यक्षमा सपना खत्री छिन् । त्यस्तै, प्रदेश १ उपाध्यक्षमा ओमराज लिम्बु र लुम्बिनी प्रदेशका उपाध्यक्षमा शालिकराम भुसाल चयन छन् ।
एशोसिएसनको कार्यसमिति सदस्यमा भने अन्जना मगर, आरती कुमारी चौधरी, लक्ष्मीकान्त पौडेल, जयन्ती सिवाकोटी र किरण न्यौपाने रहेका छन् ।
‘अधिकारका लागि एकिकृत आवाज’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त एशोसिएसनले देशभरका व्यवसायीलाई संगठित गर्दै आयुर्वेद व्यवसायीका समस्या र आवाजलाई बुलन्द पार्दै सम्बन्धित ठाउँमा पु¥याउने लक्ष्य राखेको छ ।
एशोसिएसनको मूख्य कार्यालय काठमाडौंको कोटेश्वरमा रहेको छ ।
समग्र आयुर्वेद क्षेत्रका निम्ति एशोसिएसन : भट्टराई
तर्दथ समितिका अध्यक्ष भट्टराईले आयुर्वेद क्षेत्रमा आवाद्ध एवं सम्बद्ध सबैका साझा राष्ट्रिय संगठन भएको बताउनुभएको छ ।
“वैदिक र पुर्ववैदिक कालदेखि नै प्रकृति र मानवको खोज गरि योग, प्राकृतिक चिकित्सा, आयुर्वेद जस्ता ज्ञान विज्ञानले मानिसको स्वास्थको रक्षा गरेको देशमा यस क्षेत्रसँग आवाद्ध/सम्बद्ध भई जीवन समपर्ण गरेका र जिन्दगी नै आहुती दिएका, आयुर्वेद चिकित्सक, आयुर्वेद स्वास्थ्यकर्मी, कबिराज, वैध, आयुर्वेद औंषधी स्वास्थ्य व्यवसायी र समग्र आयुर्वेद क्षेत्रको पेशागत र व्यवसायीक सुनिश्चिता र सुरक्षित भविष्य र सम्बृद्धिका लागि सरकारबाट आवश्यक कदम चालियोस् भनि समन्वयकारी भूमिका र पहल कदमी खेल्न यो संगठन स्थापना भएको हो ।”, भट्टराईले भने, “यसले समग्र आयुर्वेद क्षेत्रको हकहित, अधिकार र सम्बृद्धिका लागि राज्य, सरकार र सम्बन्धित निकायसँग पहल गर्छ, आवाज उठाउछ र बोल्ने गर्दछ ।”