इटहरी । प्रेस सेन्टर नेपाल, सुनसरीले इटहरीमा तिनदिने आधारभुत पत्रकारिता तथा सार्वजनिक भाषणकला सहितको आधारभुत तालिम सुरु भएको हो ।
स्थानिय पिसजोन आवासिय मा.बि. प्लसटुको हलमा सुरु भएको तालिममा इटहरी क्षेत्रका बिभिन्न वडा र कलेजबाट ८२ जना सहभागि भएको सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।
सहभागिहरुलाई दुई समुहमा राखेर प्रशिक्षण दिइएको जनाइएको छ । पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागिहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उदेस्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए।
तिन दिनसम्म राजेस बिद्रोहि, शिब कुमार डाँगि, श्रीसिसा राई र तिर्थ कार्कीले तालिमको सहजिकरण गर्ने आयोजकले जनाएको छ ।
तालिममा सेन्टरका केन्द्रीय उप-महासचिव राजन केडि र केन्द्रीय सदस्य अर्जुन शर्माले सहभागिहरुलाई पत्रकारिताको महत्वको बारेमा प्रष्ट पारेका थिए ।
पहिलो दिनको तालिमबाट अगाडि गएर बोल्न आत्माबिश्वास बढेको सहभागि मनिषा घिमिरेले बताईन।
त्यस्तै पत्रकारिता के हो भन्ने बारेमा आधारभुत कुरा सिक्न पाएको अर्का सहभागि सुबास खत्रीले सुनाए।
कार्यक्रममा सेन्टरका जिल्ला सह सचिव मनोज निरौला र सदस्यद्वय बिनिता कटुवाल र कृष्ण कार्कीको उपस्थिति रहेको थियो।