तुलमान गुरूङ । चितवन
भरतपुर–१० शिवमन्दिर टोल निवासी स्वर्गीय जसबहादुर गुरूङ र स्वर्गीय शिवबहादुर गुरूङको सम्झनामा छोरी ज्वाइँ तथा नाति नातिनाले नारायणगढस्थित बेलचोकमा रहेको मानवसेवा आश्रममा खाना खुवाएका छन्। हाल जर्मनी बस्दै आएका छोरी अनिता गुरूङ ज्वाइँ रामबहादुर गुरूङ तथा नाति अनिश र नातिना रियाले संयुक्तरूपमा दिवंगत बुबाको सम्झनामा एक छाक खाना खुवाएका छोरा कृष्णबहादुर गुरुङले जानकारी दिए।
गुरूङको परिवार भरतपुर महानगरपालिका वडा नं. १७ रामपुर घर भई हाल जर्मनीमा होटल व्यवसाय गर्दै आइरहेका छन्। उनीहरूले सामाजिक काममा सेवा गर्ने भावनाले गुरूङ समुदायको छाता संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनलाई स्मारिका प्रकाशनको लागि पनि नगद १८ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।