नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सिन्धुली शाखाले २३ औँ फोनिज स्थापना दिवसको अवसरमा भोलि रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा सिन्धुलीको प्राविधिक सहयोग र दुधौली नगरपालिकाको समन्वयमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।
दुधौली नगरपालिका ९ मा रहेको दुधौली स्वास्थ्य चौकीमा भोलि बिहान १० बजे देखि रक्तदान कार्यक्रम सुरु हुने फोनिज सिन्धुली शाखाका अध्यक्ष रोहित गुरुङले जानकारी दिए । उनले रक्तदानका लागि सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।