धरान । धरानका मेयर हर्क साम्पाङ राई आइतबार काठमाण्डौं गएपछि कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लाई दिएका छन् ।
उपमेयर अइन्द्रबिक्रम बेघासँगै धरानको विकासका योजनाहरु लिएर काठमाण्डौं गएका मेयर साम्पाङले कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का वडाअध्यक्ष राईलाई दिएका हुन् । उनले दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी हेर्ने छन् ।