• आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, March 22, 2023
  • Login
  • होम
    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    अन्तर्राष्ट्रिय तमु सम्मेलन सिक्किम जाने बारे महासचिव गुरुङको अनुरोध

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    पितृको सम्झनामा मानवसेवा आश्रममा खाना

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    फोनिज सिन्धुलीले दुधौलीमा रक्तदान कार्यक्रम गर्ने

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    धरानको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं १८ का अध्यक्षलाई 

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    जनप्रिय युवा नेता गुरुङद्धारा खेलाडीलाई जर्सी प्रदान

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिउँ : मन्त्री श्रेष्ठ

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट जबेगू परस्कृत

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    पहिचान जरुरी छ- प्रदेश १ स्वास्थ्य मन्त्री यादव

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    विश्व आदिवासी दिवसमा प्रबोध सम्पादकसहित तीन जनालाई सम्मान

    Trending Tags

    • समाचार
    • पढ्नै पर्ने
    • लेख
    • विजनेस
    • मनोरन्जन
    • हाम्रा अभियान
    No Result
    View All Result

      Home समाचार पढ्नै पर्ने

      वडाअध्यक्ष कार्कीसँग उवासंघ, तरहरा शाखाले क्षमायाचना गरोस् (सुक्षाब)

      सोल्टी टिभी by सोल्टी टिभी
      August 5, 2022
      in पढ्नै पर्ने, लेख
      0
      वडाअध्यक्ष कार्कीसँग उवासंघ, तरहरा शाखाले क्षमायाचना गरोस् (सुक्षाब)
      24
      SHARES
      2.4k
      VIEWS
      Share on FacebookShare on Twitter

      इटहरी उपमहानगरपालिका वडा नं. १ का रतन कार्की (कैलाश) जननिर्वाचित वडा अध्यक्ष हुन् । यहाँ म एउटा रतन कार्की (कैलाश) बारे बोलिरहेका छैन् । हाम्रा उपमहानगरका एक वडा अध्यक्ष र देश र समाज बनाउने भोलिका सम्भावना बारे बोल्दैछु ।

      बुधबार उवासंघ (उद्योग वाणिज्य संघ) तरहरा शाखाका पदस्थापना कार्यक्रमका उद्घोषक निवर्तमान सचिव प्रिय मित्र प्रदिप केःशीले नेपाल प्रेस युनियनका प्रदेश सचिव धन बहादुर पुरीलाई सुनसरी जिल्लाको सचिव बनाईदिए (पछि सच्याए) । पुरी युनियनका पूर्व सुनसरी अध्यक्ष चै हुन् ।

      नेपाल रेड्क्रस सोसाईटीका नवनिर्वाचित अध्यक्ष सुमन दाहाललाई गिरी बनाईदिए (पछि सच्याए) ।

      कार्यक्रम संचालन गर्ने क्रममा प्रदिप केःशी जस्ता होनाहार, डायनामिक, शिक्षित, बौद्धिक र परिपक्क युवाहरुबाट पनि अन्जानमा/भूलवस केही क्रुटीहरु हुनसक्ने रहेछन् ! भन्ने प्रमाण मात्र हो; प्रदिपजीबाट नियोजित रुपमा नभई कार्यक्रम बारे पूर्व र पूर्ण तयारी नभएकोले यस्ता कमजोरी वा, स्लिप अफ टंग (जनबोलिमा, जिब्रो चिप्लिएको) भएको हुनसक्छन् !

      प्रदिपजीले तत्काल सच्याएर क्षमायाचना गरिसकेको अवस्थामा नियतवस् नभई प्राविधिक रुपमा भएका क्रुटी वा कमजोरीलाई इष्यू (मुद्धा) बनाईए, त्यो प्रदिपजीमाथिको पूर्वाग्रही र दोषारोपण रिस पोखिएको हुनेछ । प्रदिपजी जस्ता बौद्धिक, विवेकी र शिक्षित युवामाथि यी विषयमा कुनै प्रहार भए, त्यो प्रहार सम्पूर्ण हामी युवामाथिको प्रहार हुनेछ ।

      डायनामिक र नम्र प्रदिपजीले उद्घोषणका क्रममा (यद्यपी, उनले आफूलाई कार्यक्रम प्रस्तोता भनेका थिए ।) आफ्ना कमजोरी हुदाँ सच्याए, त्यो नै हो उनी शिक्षित र विवेकी भएको प्रमाण हो । तर, र्दुभाग्य कार्यक्रममा भएको सबैभन्दा ‘ब्लण्डर’ (मिस्टेक) यानी महागल्ती चै कसले सच्याउने ? यो सामान्य पनि होईन् है, गम्भीरतापूर्वक ध्यान दिनैपर्छ ।

      विशिष्ट अतिथिका रुपमा आसनग्रहण गराईएका वडा नं. १, १९ र २० का वडाअध्यक्षहरुमध्ये, दुईजनालाई चै मन्तव्य राख्न दिएर, वडा नं. १ का जननिर्वाचित वडाअध्यक्ष रतन कार्की (कैलाश) लाई चै किन छुटाईयो ? जननिर्वाचितको पदीय गरिमामाथिको यो विभेद/भेद्भाव हो ? कि, क्रुटी ? विभेद्/भेद्भाव हो भने, यसको म, युवा र सामाजिक अभियन्ता भएकोले, अत्यन्तै कडा रुपमा भत्र्सना र विरोध गर्दछु; यदि प्राविधिक क्रुटी भनिन्छ भने, यसमा पनि म कडा आपत्ती जनाउछु ।

      उवासंघ जस्तो जिम्मेवार संस्थाले जननिर्वाचित वडाअध्यक्ष ज्यूहरुलाई निमन्त्रणा गरेर उहाँहरुलाई व्यक्तिगत र पदीय हिसाबले ‘असहज’ हुने र गरिमामाथि चोट पुग्ने यस किसिमका ब्लण्डर (मिस्टेक), महागल्ती, गर्ने छुट छैन् ।

      एकै वडाबाट दुईजना जनप्रतिनिधिलाई मन्तव्य राख्न दिने, वडा नं. १९ का वडाअध्यक्षलाई पनि मन्तव्य राख्न दिने तर, वडा नं. १ का जननिर्वाचित युवा वडाअध्यक्ष ज्यूलाई चै किन ? के कारण ? मन्तव्य राख्न दिईएन् ? अब उवासंघ, तरहरा शाखाले कुनै बहाना खोज्ने काम वा, यो या त्यो कारण नभन्नु होला ।

      अध्यक्ष आदरणीय सुदर्शन खड्का नैतिक रुपमा यसमा जिम्मेवार त छन् तर, “विचरो” ! उनी कार्यक्रमको सम्पूर्ण व्यवस्थापनमा व्यस्त रहेकाले कार्यक्रमको स्केड्यूल (कार्यक्रम तालिका) बनाउने क्रममा उनी प्रत्यक्ष सहभागि हुनेभन्दा अरुलाई नै जिम्मा दिएको देखिन्छ ।

      नियत वा जुनसुकै कारणले गरिएको होस्, वडा नं. १ का वडाअध्यक्षमाथिको गरिमामा पुगेको चोटको विषयमा संस्थागत माफी माग्नु पर्दछ । उवासंघ, तरहरा शाखाको समेत गरिमा गिराउनेमाथि पनि अध्यक्ष सुदर्शन सचेत र सजग हुनुपर्दछ ।

      यो सामान्य विषय होईन, वडा अध्यक्ष कार्कीमाथिको यो प्रहार भोली हामी कुनै पनि युवामाथि पनि हुनसक्छन् ! यसकारण बोल्नु पर्छ । भ्वाइस रेस (आवाज उठाउनु) पर्दछ । उवासंघले होईन, सबैले बुझ्नु पर्दछ रतन कार्की (कैलाश) पनि वडा नं. १९ र २० का जस्तै जननिर्वाचित वडा अध्यक्ष हुन् । भोलिका सम्भावन पनि । सजिलै मानमर्दन र गरिमामा ठेस पुग्ने काम गर्न दिनुहुन्न ।

      व्यक्तिगत रुपमा र वडा नं. २० तरहराका तर्फबाट मैले मोबाईल सम्पर्क गरि वडा अध्यक्ष रतन कार्की (कैलाश) सँग माफी मागिसकेको छु उवासंघ, तरहरा शाखाको महागल्ती प्रति । कार्कीले असहजता महशुष गरे पनि घट्नालाई सामान्य रुपमा लिएको बताउनुभएको छ । तर, म लज्जित छु । उवासंघ,तरहरा शाखाको सदस्यता नलिएको भए पनि म यस क्षेत्रको भूमिपुत्र, सचेत नागरिक र एक युवा हु, कसैबाट गल्ती हुनु भनेको नैतिक रुपमा हामी पनि दोषी हुनु हो । हाम्राबाट भएका कमीकमजोरी र गल्तीहरुका लागि हामी पनि भागिदार छौं । म सच्चिन चाहान्छु, म सच्याउन चाहान्छु । हेरौं के गर्छन् अध्यक्ष सुदर्शन र उवासंघ, तरहरा शाखाले !

      नवीन गुरुङ #(बोलौं/आवाज उठाऊ)

      Let’s VOICE

      Follow us on social media:

      पढ्न छुट्यो कि !

      • नोबेल साकोसद्धारा कृति सार्वजनिकसँगै स्रष्टाहरुलाई सम्मान
      • जसराज थारु बंशको चौथौ सम्मेलन बक्लौरीमा शुरु

      छानेर पढौं

      • गफै त हो !
      • पढ्नै पर्ने
      • मनोरन्जन
      • लेख
      • विजनेस
      • समाचार
      • हाम्रो बारे
      • हाम्रो टिम
      • विज्ञापन दर
      • गोपनीयता नीति
      • नियम र सर्तहरू
      • सम्पर्क

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      No Result
      View All Result
      • हाम्रो टिम

      © 2022 सोल्टी टिभी - सूचना तथा प्रशारण विभाग दर्ता नं. : २२७८/०७७–७८ । संचालक/प्रबन्ध- सम्पादक- नवीन गुरुङ.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In