Follow Us

Recommended

४० फिटको बुद्धको प्रतिमा अनावरण

४० फिटको बुद्धको प्रतिमा अनावरण

1 year ago
बजारसंग नेपाली भाषाको पहिचान नसाटौ नबेचौ

बजारसंग नेपाली भाषाको पहिचान नसाटौ नबेचौ

1 year ago
जनप्रतिनिधिले भदाै २२ गतेसम्म दल रोज्न पाउने

जनप्रतिनिधिले भदाै २२ गतेसम्म दल रोज्न पाउने

2 years ago
रोहित सिन्धुली फोनिजको अध्यक्षमा सर्वसम्मत

रोहित सिन्धुली फोनिजको अध्यक्षमा सर्वसम्मत

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Wednesday, September 27, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home विजनेस

उवासंघ तरहरा शाखामा यसरी छानियो कार्य समिति : के भयो खेल ?

by सोल्टी टिभी
July 10, 2022
in विजनेस, समाचार
0
रेडक्रसमा कांग्रेसी दाहाल : कसरी जिते ? के के भयो ?
0
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

तरहरा । शनिबार भएको उद्योग वाणिज्य संघ तरहरा शाखाको अधिवेशनमा निवर्तमान कार्यवहाक अध्यक्ष सुदर्शन खड्काले अध्यक्ष पदका लागि नाम दर्ता गराएपछि उनको विरुद्ध विकास गिरीले पनि अध्यक्ष पदमा नै दाबेदारी गरेपछि नेतृत्व चयन सर्वसम्मत हुन सकेको थिएन् । साँझ ७ बजेसम्म उम्मेदवारी फिर्ता समय तोकेका निर्वाचन मण्डलीले सर्वसम्मत नभए आज (आईतबार) निर्वाचन गर्न तयारी गरेको थियो, निर्वाचन मण्डलका सदस्य मेदनकुमार घिमिरेले भने, तर आपसी सम्झदारी गरेर आउनु भईसकेपछि सर्वसम्मतीमा नयाँ कार्य समिति चयन भयो ।

तर, एक पदका लागि दुईबिचको आकांक्षले नेपाल रेडक्रस सोसाईटी हाँसपोसा शाखामा जस्तो निर्वाचन पो हुने हो कि ? भन्ने चिन्ता पनि अधिवेशस्थलमा केहीले गरेका थिए । खड्का र गिरीको वार्तामा सहभागि एक व्यवसायीले भने, त्यसैबिच उनीहरु (खड्का र गिरी) केही समय अधिवेशन स्थलभन्दा बाहिर स्थानीय एक होटलमा गए ।

“आपसी कुराकानी गरिसकेपछि गिरीलाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने शर्तमा उम्मेदवारी फिर्ता लिने सहमति भयो । त्यसका लागि एक कांग्रेसी नेताको पनि केही समयपछि होटलमा उपस्थीति भएको थियो ।” कुराकानीमा सहभागि ती व्यवसायीले भने, “त्यसपछि तिनै नेताले ओपन फ्लोरमा नै सबैसँग मिलेर जान आग्रह गरेपछि केही समयको गन्थनमन्थनपछि अन्ततः उद्योग वाणिज्य संघ तरहरा शाखामा खड्काको नेतृत्व सर्वसम्मत नयाँ कार्य समिति चयन भएको हो ।”

त्यसअघि, सदस्यका केही आकांक्षीहरुलाई उम्मेदवारी फिर्ता लिन अनुरोध समेत गरिएको थियो ।

एक व्यवसायी एवम् नेतृका अनुसार, विकासलाई अध्यक्ष बनाउन एक स्थानीय कांग्रेसी नेताको पनि चाहना थियो तर, मताधारमा खड्का बलिया देखिएकाले वरिष्ठ उपाध्यक्ष पद सुरक्षित गरेर खड्का इतर सहमतिमा आए । “आगामी कार्यकालको अध्यक्ष बनिने योजना हो ।” ती नेतृ भन्छिन्, “तर, त्यो सहज सम्भव भने छैन् ।”

उनको अनुसार, यसै कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्षका लागि विकास गिरीभन्दा व्यवसायीक हिसाबले पुराना र सिनियर अरु धेरै छन् तर, राजनीतिक चलखेलका कारण, वरिष्ठ उपाध्यक्ष बारे निर्णय भएको हो ।

अध्यक्ष पदका लागि आकांक्षी निवर्तमान महासचिव मेनुका गिरी समेत थिईन् । सहमतिमा वाधक नबन्नका लागि बाटो सहज गरिदिएकी उनले बताईन् ।

सुत्रहरुका अनुसार, अध्यक्ष आकांक्षीहरुलाई सहमतिका लागि छलफल समेत गराईएको थियो । तिनैजना राजनीतिक रुपमा नेपाली कांग्रेससँग सम्बद्ध छन् । तथापि, नेपाल रेडक्रस सोसाईटी हाँसपोसा उपशाखाको जस्तो राजनीतिक चर्तिकला भने भएन् ।

रेडक्रसको हाँसपोसा शाखाको आगामी दुई वर्ष कार्यकालका लागि निर्वाचन नै भएको थियो भने त्यसमा पनि केही स्थानीय कांग्रेसी नेताको कुण्ठा र नाङ्गो चर्तिकला देखिएको थियो । गुट र उपगुटमा स्पष्ट विभाजित साबिकका हाँसपोसा गाविसका कांग्रेसले हारे पनि कांग्रेसँगै हारे, जिते पनि कांग्रेस नै हराएर जिते । (पढ्नुहोस्, रेडक्रसमा कांग्रेसी दाहाल)

खड्का नेतृत्वको समितिमा वाणिज्य सदस्यतर्फ अन्यमा सन्तोष श्रेष्ठ, इन्द्र बहादुर रसाइली, योगेन्द्र सुबेदी, मान बहादुर बस्नेत, जगत बहादुर भट्टराई, प्रबिन राउत, चेत कुमार बस्नेत र गोबिन्द कोइराला छन् । त्यस्तै, उद्योग सदस्य तर्फ मिलन सेवा, भक्त बहादुर पुरि र निर्विरोध महिला सदस्यहरुमा कविता गुरुङ र निर्मला सापकोटा छन् ।

नवनिर्वाचित खड्काले शाखालाई हिजो जस्तो निस्क्रिय नबनाउने प्रतिबद्धता जाहरे गरेका छन् । सोल्टी टिभीसँग कुराकानी गर्दै शाखाको भवन निमार्णका लागि पहिलो कदम चालिने बताए ।

नाम दर्ता शुल्क महंगो भएपछि सदस्यहरुको दुई हजारबाट पाँच सय हुनु पर्ने कुरामा नवनिर्वाचित सदस्य सन्तोष श्रेष्ठ, सदस्य पदका आकांक्षी शिब रुम्दाली राईले आवाज उठाएका थिए । त्यस्तै, सहमतिमा नाम फिर्ता लिएकाले उम्मेदवारी दर्ता गराएका तर, सर्वसम्मतीमा नाम फिर्ता लिएकाका दर्ता शुल्क फिर्ता हुनुपर्छ भनि कुरा उठेपछि दुई हजार रकम फिर्ता भएको, बुझिएको छ ।

उवा संघ तरहरा शाखाको अधिवेशन, विधान विपरीत निर्वाचन अधिकृत !
ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

कोभिडका कारण प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता स्थगित
समाचार

हात्ती र खरायोले ब्रहमपुर वनमा ड्याङ्ग्रो बजाउने

September 16, 2023
तरहरा रनको झड्का, हल्यो दमक !
समाचार

तरहरा रनको झड्का, हल्यो दमक !

September 15, 2023
ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु
समाचार

ब्रहमपुर सामुदायिक वनमा चुनावी लफडा, भने भोट नहाल्नु

September 6, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In