तरहरा । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि आज इटहरी ६ संगीत चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएको भन्दै त्यसको कडा निन्दा गर्दै आक्रमणकारी १२ घण्टाभित्र खोजेर कानुनी दायारमा ल्याउन माग गर्दै यदि यसो नगरे आफै खोजेर प्रहरीमा बुझाउने भन्दै युथ फोर्स नेपाल, सुनसरीले प्रहरी प्रशासनलाई कडा अल्टिमेटम दिएको छ ।
युर्थ फोर्सका सुनसरी अध्यक्ष रोशन सिंह लामाले आज एक प्रेश विज्ञप्ती जारी गर्दै भनेका छन्, आज मिति २०७९ जेठ ०८ गते बिहान हाम्रो नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य क. हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
त्यस्तै नेकपा एमाले इटहरी उपमहानगर कमिटिले पनि विज्ञप्ती जारी गर्दै घट्नाको निन्दा गरेको छ । साथै, दोषीमाथि कारवाहीको माग गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटि सुनसरी अध्यक्ष सुजन लामाले पनि आजै विज्ञप्ती जारी गर्दै घट्नाको निन्दा गरेका छन् । युवा संघले पनि दोषीमाथि कारवाहीको लागि माग गरेको छ ।
घटना नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुखका लागि गठबन्धनका तर्फबाट आसन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दिएका केशव विष्टका छोरा कैलाश विष्टको योजना र संलग्नतामा भएको, आरोप लगाईएको छ । घट्नाको सोल्टी टिभीले स्वतन्त्र रूपमा पुष्टी गर्न सकेको छैन् ।
युर्थ फोर्सले भने आक्रमणमा कैलाश बिष्ट आफै घटनास्थलमा उपस्थित रहेको र घटनामा अन्य तीनजनाको समेत संलग्नता रहेको, दाबी गरेको छ । घाईते सुवेदीलाई फेसबुक म्यासेन्जरबाट पनि बिष्टले धाकधम्की दिएको प्रमाण बाहिर आइसकेको, युर्थ फोर्सले उल्लेख गरेको छ ।
हेर्नुहोस् विज्ञप्ती
प्रेश विज्ञप्ती
आज मिति २०७९ जेठ ०८ गते बिहान हाम्रो नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य क. हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
घटनामा नेकपा एकीकृत समाजवादी पार्टीका नेता केशव विष्टका छोरा कैलाश विष्टको योजना र संलग्नतामा यो घटना भएको हो । आक्रमणमा कैलाश बिष्ट आफै घटनास्थलमा उपस्थित रहेको र घटनामा अन्य तीनजनाको समेत संलग्नता रहेको छ । यस्तै कमरेड सुवेदीलाई फेसबुक म्यासेजबाट पनि बिष्टले धाक धम्की दिएको प्रमाण बाहिर आइसकेको अवस्था छ ।
घटनाको विषयमा इलाका प्रहरी कार्यालय इटहरीमा बिष्टसहित ३ जना विरुद्ध ज्यान मार्ने अभियोगमा जाहेरी दर्ता भएको छ । तसर्थ, प्रहरीले सुवेदीमाथि आक्रमण गर्ने दोषी सबैलाई १२ घण्टा भित्र पक्राउ गरि कारबाही गर्न जोडदार माग गर्दछौँ । १२ घण्टा भित्र पक्राउ नगरे युथ फोर्स सुनसरी आफैले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिइ प्रहरीकहाँ बुझाउने चेतावनी दिन चाहन्छौ । तसर्थ, घटनाको विषयमा प्रहरी र प्रशासन गम्भीर हुन समेत हामी सुझाव दिन चाहन्छौ ।
रोशन सिंह लामा (प्रमुख), युथ फोर्स नेपाल, सुनसरी
(जिल्ला सदस्य) राष्ट्रिय युवा संघ नेपाल सुनसरी
मिति: २०७८ जेठ ०८ गते