म यहाँ कुरा ब्रा र पेन्टी र केही ढाके-ढाके जस्तो गरेर आफ्ना स्तन वेस्टर्न फ्रिक्री चिक्सहरू जस्तै देखाइरहेका यी मन बिगारिदिने आखाँका मादकहरू बारे गर्न लागेको होइन । खाली सोच्दै छु, यी तरूनीहरूको अंगहरू देखाएर अर्नाले कुन र कस्तो व्यापार गर्न खोजिरहेको छ ?
तस्बिरमा देखिएको स्विमिङ् कष्ट्युम बारे आलोचना गर्नु वा, कुनै पनि प्रकारका नकारात्मक प्रतिक्रिया जनाउन, व्यक्तिगत विचारमा, सायद मुर्खता नै हुनेछ । कतिसम्म भने यदि तरुनी मोडलहरू नि:वस्त्र हुन्थे र नेपाली सामाजिक मुल्यमान्यतामा त्यो कानुनी र सामाजिक रूपले स्वीकार्य हुन्छ भने त्यसमा समेत कुनै प्रकारका टिप्पणी गरिरहनु जरुरी देखिन्न ।विपरीत लिङ्गीको कामुकतामा आफुलाई सम्हाल्न नसक्ने हामी जस्ता म-र-द पुरूषहरूले त झन चुईक बोल्न मिल्दैन ।

तर, म यहाँ कुरा ब्रा र पेन्टी र केही ढाके-ढाके जस्तो गरेर आफ्ना स्तन वेस्टर्न फ्रिक्री चिक्सहरू जस्तै देखाइरहेका यी मन बिगारिदिने आखाँका मादकहरू बारे गर्न लागेको होइन । खाली सोच्दै छु, यी तरूनीहरूको अंगहरू देखाएर अर्नाले कुन र कस्तो व्यापार गर्न खोजिरहेको छ ?

अर्ना बियरको यो एड् (विज्ञापन) बनाउनेलाई सायद लाग्यो होला ! नाङ्गा तरूनीका हुल भएको भिडियोले बियरलाई चर्चामा ल्याउन सक्छ ! सक्न सक्छ । तर, यो सोचाइ प्रत्युत्पादक भइदिए ? किनभने, दुर्भाग्य ! कतिपय असल र राम्रा कामहरूका पनि नतिजा सोचे जस्तो नआएको प्रशस्तै घट्नाहरू छन् ।

यसर्थ, नाङ्गो तरूनी देखाएर (प्रचार) कमाउछु भन्नू मनोरोग हो, यसबाट निस्किन सक्नुपर्छ । वा, समयमा नै आफ्नो मानसिक उपचार गराएर क्रिऐटिभ एड् बनाउन तर्फ लाग्न जाति हुन्छ ।
