गाँउघरमा छ है एउटै आश,
जहाँजहाँ लाहुरे त्यहाँ हुन्छ विकास ।
लाहुरेहरुको मनै ठूलो (अच्छा),
लाहुरेहरु क्या साह्रौं जाती (क्या बात) ।
ठ्याक्कै यो ऐरेन्ज हुदै गरेको गीतको बोलले भने जस्तै प्रायः लाहुरेहरुको मन ठूलै हुने गरेको पाईएको छ । तर, खुशीको कुरा, यहाँ चै लाहुरेको मात्र होईन, लाहुरेका सन्तानको मन पनि निक्कै ठूलो देखिएको छ । पुरानो घर साबिक हाँसपोसा गाविस, तरहरा (हालको इटहरी १९ चौतारी चोक) भई हाल राजधानी काठमाण्डौंका बासिन्दा भएका एक गुरूङ लाहुरे परिवारले २६४६ औं बुद्ध जयन्ती तथा २५६६ औं महापरिनिर्माण (बुद्धत्व प्राप्त गरेका दिन) दिवसको अवसरमा आफ्नो पुर्खौली थातथलो र काठमाण्डौं सुकेधाराको गुरूङ गुम्बालाई, छुट्टाछुट्टै, नगद पचास हजार एकसय पच्चपन्न गरि जम्मा एकलाख तिन हजार दश रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यसअघि, विभिन्न संघसंस्था र अभियानहरु मार्फत क्यान्सर पीडित, लक डाउनको समयमा नेपाल प्रहरी र आर्थिक रुपमा विपन्न केही परिवारहरुलाई समेत आर्थिक, खाद्यन्य, ग्यास चुलो, कपडा समेत सहयोग गर्दै आएका यी परिवारले बालबालिकालाई शिक्षाको क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् ।
शान्त प्रकृतिको, भद्र स्वभाव भएका एक इमान्दार भूतपूर्व भारतीय गोर्खा सैनिक हनेरी सुब्दार मेजर कर्ण बहादुर गुरूङ र तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषर्द, साबिक हाँसपोसा गाविस, हाल इटहरी २० र १९ तरहराका पूर्वाध्यक्ष, समाजसेवी एवम् महिला नेतृ राजकुमारी गुरूङले आफ्ना एक्लो छोरा युवा व्यवसायी एवम् समाजसेवी र बहुआयमिक कला भएका बिनोद उर्फ मनकाजी गुरूङ मार्फत उनको बाजेबोजुको स्मृतिमा दुई ठाँउ, छुट्टाछुट्टै, पचास हजार एक सय पच्चपन्न रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । मनकाजीले स्थानीय विद्यालयलाई समेत शिक्षाको उज्यालोका निम्ति आर्थिक सहयोग गर्ने उनलाई गरिएको सम्मान कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे ।
रावाबेंसी गाँऊपालिका वडा नं. ६ हंगचुर पोखरीमा नयाँ निमार्ण भईरहेको र काठमाण्डौंको सुकेधारामा रहेको गुरूङ बौद्ध गुम्बालाई लाहुरे गुरूङ परिवारले आर्थिक सहयोग गरेका हुन् ।
“स्वर्गीय बाजे राम प्रसाद गुरूङ र बोजु लिला कुमारी गुरूङको स्मृतिमा गाँऊको पवित्र धार्मिक थलो गुरूङ गुम्बालाई आर्थिक सहयोग गर्न पाउदाँ म आफूलाई भाग्यमानी ठान्छु ।”, गुरूङले सहयोग हस्तान्तरण कार्यक्रम पश्चात भावुक हुदै भने, “आफ्नो पुख्यौंली थलो, त्यसमाथि धार्मिक क्षेत्रमा मेरो स्वर्गीय बाजेबोजुको स्मृतिमा सहयोग गर्ने अवसर पाउदाँ उहाँहरुको आत्मालाई पनि शान्ति मिलेको छ भनि मलाई महशुष भएको छ ।”
उता, तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषर्द, साबिक हाँसपोसा गाविस, हाल इटहरी २० र १९ तरहराका पूर्वाध्यक्ष, समाजसेवी एवम् महिला नेतृ राजकुमारी गुरूङले काठमाण्डौंबाट छोरा मार्फत पुण्य काम गर्न पाउदाँ खुशी लागेको बताईन् । भनिन्, “हामीलाई स्वास्थ्यका कारण खोटाङ जान असहज हुनेभएकोले छोरा मार्फत गुम्बाको लागि पवित्र मनले सेवा गरेका हौं ।”
उनले छोरा सधैं स्वस्थ रहोस्, हाँसी खुशी हिडोस्, यो नै आफ्नो लागि मन्नत रहेको बताईन् ।
शिक्षिका समेत रहेकी मनकाजीकी श्रीमती समिता गुरूङसहित परिवार नै सामाजिक काममा सेवा पुराईरहेका छन् ।
पछिल्लोपटक लक डाउनमा गुरूङ लाहुरे परिवारले नेपाल प्रहरी, तरहरा चौकीलाई दश हजार बराबारको स्वास्थ्य सुरक्षा सामाग्री, एक अपांगलाई ग्यास चुलो र चामल, त्यस्तै आर्थिक अवस्था कमजोर भएका एक चौधरी परिवारलाई कपडा समेत दिएका थिए । मनकाजीले एक क्यानसर पीडितलाई आर्थिक सहयोग गर्नुका साथै विभिन्न संघसंस्था र अभियानहरु मार्फत आर्थिक सहयोग गरिरहेका छन् ।
गुरूङ खोटाङ आर्थिक सहयोग गर्नका लागि गएको बेला वेलकम ब्याक टु भिलेज अभियानबाट गुम्बा अध्यक्ष अमर गुरूङको अध्यक्षतामा एक सम्मान कार्यक्रमको आयोजना गरि मनकाजीलाई सम्मान समेत गरिएको छ ।
सम्मान पाएपछि खुशी व्यक्त गर्दै मनकाजीले सम्मानले आफुलाई थप जिम्मेवार बनाएको र समुदाय र समाज प्रतिको आफ्नो दायित्व बढेको महशुष गरेको बताए । उनले शिक्षा क्षेत्रमा पनि आर्थिक सहयोग गर्ने बताएका थिए ।
योसँगै उनले पोखरी गाँऊलाई स्मार्ट गाँऊ बनाउनका लागि पहल गर्ने बताए । गाँऊमा बिजुलीको पोलमा बत्ती हाल्नेदेखि लिएर अन्य सामाजिक कामहरुमा आर्थिक र भौतिक सहयोग गर्ने समेत उनले बताए ।
जनता समाजवादी पार्टी (जसपा) का गाँऊपालिकाका अध्यक्ष उम्मेदवार मोहन गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राम गुरूङ लगायत उपस्थीत कार्यक्रममा मनकाजीले बालबालिकाको लागि शिक्षा अत्यावश्यक भएको र त्यसका लागि आफु सहयोग गर्न तत्पर रहेको, उद्घोष गरेका थिए ।