Follow Us

Recommended

इटहरीमा २५० सहित देशैभर १४ हजार वल्डलिकंको फ्रि वाइफाइ

इटहरीमा २५० सहित देशैभर १४ हजार वल्डलिकंको फ्रि वाइफाइ

1 year ago
सन्दर्भ: कार्यकाल १०० दिन पुगेको बारेमा हो ।

सन्दर्भ: कार्यकाल १०० दिन पुगेको बारेमा हो ।

1 year ago
आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

2 years ago
पन्चायन एफसीको प्रथम बराह नकआउटमा विजयी शुरुवात

पन्चायन एफसीको प्रथम बराह नकआउटमा विजयी शुरुवात

2 years ago

Instagram

Categories

  • गफै त हो !
  • पढ्नै पर्ने
  • मनोरन्जन
  • लेख
  • विजनेस
  • समाचार

Topics

26th Anniversary 2018 FIFA World Cup 2018 League About Love Artha Asian Games 2018 Balinese Culture Bali United Bijaya Lama BPKHHS Dharan Brahampur Itahari 19 Budget Travel Chopper Bike Ekikrit Samaajwadi Gopal Dahal Gurung Solti Harshu Subba Hemkarna Poudel Hong Kong Istana Negara Itahari Itahari Mayor Kishor Rai Local Election 2079 Madav Nepal Magendra Rai Market Stories Mayor Itahari Mero Desh Nepal Miss International Nabin Gurung National Exam Nepali Congress News NG Tamu Rajin Rai Red Cross Solti TV Sunsari Surya Kumar Rai Surya Sir Tarahara Trishna Gurung UK Visit Bali
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
Tuesday, November 28, 2023
  • Login
Solti TV
  • आमा मैना स्मृति सम्मान
  • आमा पार्क
  • आमा क्येर
  • प्रगत्तिशील परिवर्तन अभियान
No Result
View All Result
Solti TV
No Result
View All Result
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
Home समाचार

कमजोर प्रतिद्वन्द्वी तर, कडा प्रतिस्पर्धा

by सोल्टी टिभी
May 3, 2022
in समाचार
0
कमजोर प्रतिद्वन्द्वी तर, कडा प्रतिस्पर्धा
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter
किन भने टिकादत्तले यस्तो ?

तरहरा (इटहरी) । स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नम्वर २० मा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध कमजोर प्रतिद्वन्द्वीहरु हुँदा पनि प्रतिस्पर्धा भने अझै कडा हुने स्थानीय कांग्रेसी नेताले पक्षेपण गरेका छन् । यसपटक अन्य दलसँग गठबन्धन र एमाले एक्लै भएता पनि प्रतिस्पर्धा भने कडा हुने तर, जित चै कांग्रेसकै हुने, ति नेताले सोमबार बिहान गोर्खा खबर/सोल्टी टिभीसँग मोबाईलमा कुराकानी गर्दै जिकिर गरेका छन् ।

‘(एमालेसँग) कडा प्रतिष्पर्धा भए पनि अन्ततः कांग्रेसले नै जित्छ ।’, वडा नंम्वर २० मा कांग्रेसबाट वडा सदस्यका निम्ति आंकाक्ष प्रकट गरे पनि टिकट नपाएका टिकदत्त वनले भने, ‘प्रतिष्पर्धा कमजोर प्रतिद्वन्दीसँग छ । यसकारण जित्छ ।’

कांग्रेसले जित्ने जिकिर गरे पनि प्रतिष्पर्धा कडा हुने उनको जिकिर थियो । गठबन्धनको साथ, त्यसमाथि आफै प्रतिद्वन्दी कमजोर रहेको बताईरहेका टिकादत्तलाई हामीले सोध्यौं, यस्तो अवस्थामा प्रतिष्पर्धा कसरी कडा हुन्छ ? उनको जवाफ थियो, हिजो जस्तो आज कांग्रेसमा उत्साह छैन । यसकारण, सहजै जित नभई कडा प्रतिष्पर्धा हुन्छ । उनीसँगको मोबाईल रेकर्ड सुरक्षित छ ।

उनले आफु जस्तो योग्यलाई वडा नंम्वर २० का कांग्रेसले नचिन्नु दुखद् भएको गुनासो पोखे ।

‘मभित्रको क्षमतालाई २० नंम्वर (वडा) को कांग्रेसले पहिचान गर्न सकेको छैन ।’, टिकादत्तको कथन थियो, ‘पार्टीले न्याय गरेर टिकट दिएको थियो भने वडा नंम्वर २० मा उपमहानगरपालिकाको बजेटबाट मात्र होईन, बाहिरी श्रोतहरुबाट पनि वडाको विकास र सम्बृद्धिका लागि पहल गरिन्थ्यो ।’ उनले आफु वडा अध्यक्षकै लागि योग्य भए पनि जिल्ला समन्वय समिति सदस्य आफ्नो लक्ष्य भएकोले वडा सदस्यमा पार्टीभित्र आकांक्ष व्यक्त गरेको बताए ।

नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी ७४४ स्थानीय तह (गाउँपालिका र नगरपालिका) पुनर्संरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरूले सपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरू हुनेछ । त्यस समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । सोही समितिको सदस्य पद ताक्न उनले वडा अध्यक्षको लागि आफु योग्य हुदाँहुदै वडा सदस्यमा आकांक्ष देखाएको, तर्क गरे ।

टिकट नपाएपछि तुष पोखेको आरोपमाथि पनि उनले असन्तुष्टिको बावजूद पनि कांग्रेसको निर्णय प्रति बफदार रहेको भन्दै उनले आफूले सामाजिक संजाल मार्फत कुनै व्यक्ति विशेषलाई नभई आम नेपाली कांग्रेसको प्रवृति सच्याउन जरुरी रहेको भनि टिप्पणी गरेको बताए ।

कांग्रेसभित्र टिकादत्त पार्टी सभापति हेमकर्ण पौड्याल पक्षधर मानिन्छन् ।

ShareTweet
सोल्टी टिभी

सोल्टी टिभी

Related Posts

समाजसेवी गुरुङद्धारा एक लाख राशीको भलिबलमा पुरस्कार सौजन्य
समाचार

दुर्गा गुरुङ, एक नक्षत्रको ६ लाख ७० हजार सहयोग

November 23, 2023
अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?
समाचार

अल्टिट्युड रनिङ कप; अढाई लाख कसको पोल्टामा ?

November 10, 2023
आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा
समाचार

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

November 9, 2023
  • हाम्रो बारे
  • हाम्रो टिम
  • विज्ञापन दर
  • गोपनीयता नीति
  • नियम र सर्तहरू
  • सम्पर्क
सूचना तथा प्रशारण विभाग दर्ता नं. २२७८/०७७–७८ (गोर्खा खबर)
संचालक एवम् प्रवन्ध सम्पादक
नवीन गुरुङ

Copyright © 2023 SoltiTV.com

No Result
View All Result
  • हाम्रो टिम

Copyright © 2023 SoltiTV.com

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In