सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले माघ ४ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ ।
विशेषतः सार्वजनिक निकायहरुमा सेवाग्राहीहरुले अनिवार्यरुपमा खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा फोटो भएपनि हुने) व्यवस्था अनिवार्यरुपमा लागू गर्न निर्देश दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले माघ ४ गतेदेखि अर्को आदेश नभएसम्मका लागि अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेका हुन् । प्रशासनले १२ बुँदे आदेश समेत जारी गरेको छ । आदेशमा मास्कको अनिवार्य प्रयोग, भौतिक दुरी कायमलाई प्राथमिकता दिइएको छ ।
आदेशमा सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, ब्युटिपार्लरलगायत माघ १५ गतेसम्म सञ्चालन नगर्ने जनाइएको छ ।
यस्तै, माघ मसान्तसम्म आमसभा, भेला गर्न नपाइने, मठमन्दिर, मस्जित, गुम्बा, चर्चलगायतका काम नगर्न भनिएको छ ।
आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर पटकमा २५ जनाभन्दा बढी हुन नहुने समेत जनाइएको छ ।

