इटहरी । चर्चित निर्देशक, कलाकार एवं छायाँकार प्रकाश सुब्बाले जातीय विभेद विरुद्धको लडाईका लागि निमार्ण गरेको छोटो चलचित्र देउतालाई नचढने फुल युएनडिपीको प्रतियोगितामा उत्कृष्ठ शीर्ष २० सर्ट मूभि (छोटो चलचित्र) मा पर्न सफल भएको छ। योसँगै सुब्बा अन्तराष्ट्रिय स्तरमा पनि आफुलाई चिनाउन सफल भएका छन् ।
ADVERTISEMENT
तिन दशकभन्दा बढी समयदेखि निरन्तर कलाकारिता गरिरहेको र जीवन नै कलामा समपर्ण गरेका एउटा साधारण कलाकारका लागि उत्कृष्ठ शीर्ष २० मा पर्नु नै गर्वको विषय हो ।, खुशी हुदै सुब्बाले सोल्टी टिभीसँग अघि राति दश बजे फोनमा भने, मेरो निम्ति पुरस्कार जित्यो, जितेनभन्दा पनि दर्शक मन जित्यो, जितेन ? कथाले, प्रस्तुतीले, पात्रले र तिनका अभियनले मन छोयो या छोएन ? त्यो सबैभन्दा ठूलो कुरा हो एक सर्जकको लागि ।
Advertisement. Scroll to continue reading.
Advertisement. Scroll to continue reading.
यो छोटो चलचित्रमा एक निर्दोष शिल्पी समुदायकी बालिकाले आफ्नै बुवाले बनाएको भगवानलाई किन फूल चढाउन नहुने ? भनि गम्भिर धार्मिक र सामाजिक प्रश्न गरेकी छिन् । दलितको नाममा विभेद गरिएको एक जातीय समुदायले बनाएको भगवानको मुर्ति मन्दिरमा राख्न हुने, पुजा गर्न हुने तर, त्यहीँ मुर्तिलाई उहीँ जातीय समुदायले फूल चढाउन नमिल्ने ? सुब्बाको चलचित्रले विद्रोही स्वरमा नभई एक निर्दोष बालिका मार्फत सामाजिक मनोविभेदमाथि प्रश्न तेस्राउछ ।
चलचित्रले सामाजिक कुरुती मात्र देखाएको छैन् । दलितको नाममा शिल्पी समुदायमाथि गरिएको विभेद्सँगै ठूलो जात भनाउदाँको ठाट (रवैयाँ) पनि देखाईएको छ ।